म्युजिक खबर म्युजिक अवार्ड : नोमिनेटलाई प्रमाणपत्र
screennepal
प्रकाशित: २०७५, ६ आश्विन शनिबार
no img

‘सातौं म्यूजिक खबर म्यूजिक अवार्ड’को मनोनयनमा परेका कलाकार र सिर्जनालाई प्रमाणपत्र प्रदान गरिएको छ । यही आउँदो १९ असोजमा विराटनगरमा हुने कार्यक्रममा विभिन्न ३३ विधामा अवार्ड प्रदान गरिँदैछ ।
तीमध्ये ‘उत्कृष्ट पाँच’मा पर्न सफल कलाकार तथा उनीहरुको सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो । अवार्डमा राष्ट्रिय भाव, पप, लोक, चलचित्र, आधुनिकलगायतका विधामा पुरस्कृत गरिँदै छ ।
कार्यक्रममा अवार्डका सदस्य सचिव सन्तोष श्रेष्ठले उपस्थित कलाकारलाई स्वागत गर्दैै अवार्डको गरिमाबारे उल्लेख गरेका थिए । त्यस्तै, अवार्ड समारोहका सल्लाहकार तथा मोहन निरौलाले पूर्वको सहर विराटनगरमा सम्पन्न हुन लागेकोमा गर्व लागेको बताउँदै पहिलोपटक राजधानी केन्द्रीत अवार्डहरु विदेशमा जानुभन्दा स्वदेशभित्रकै सहरहरुमा गर्नु महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा अवार्डका कार्यक्रममा अध्यक्ष सुमन बैरागीले अवार्डमा सहभागी कलाकारलाई धन्यवाद दिएका थिए । उनले नेपाली गायन क्षेत्रका कलाकार सिर्जनालाई सम्मान तथा प्रोत्साहन गर्न विगत सात वर्षदेखि अवार्ड आयोजना गर्दै आएको बताए ।
कार्यक्रममा गायक शिव परियार, रमेशराज भट्टराई, अर्जुन सुनाम, नरहरि प्रेमी, रञ्जित परियार, बैकुण्ठ महत, सञ्जीव कुमार पौडेल, गायिका प्राश्ना शाक्य, शर्मिला गुरुङ, सुनिता दुलाल, डेबिट शंकर, ध्रुव बिस्को, सरु गौतम, अर्पना श्रेठ, सुशीला पाठक, संगीतकार सुनिल मास्के, विकास चौधरी, डेनी निरौलालगायत सयभन्दा बढी कलाकारको उपस्थिति रहेको थियो ।

Comments