मोडलिङमा ‘सुनखरी’सँगै फक्रिइन् निलम रोजु (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, ४ आश्विन बिहीबार
no img

संगीतकार तथा गायिका निलम रोजु राई अब मोडलका रुपमा समेत देखिएकी छन् । गीतकार समेत रहेकी निलम अभिनीत ‘सुनखरी’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।
गायनभन्दा पनि संगीतकारका रुपमा व्यस्त रहँदै आएकी निलमले ‘सुनखरी’ बोल गीतको यस भिडियोमा दक्षकुमार राईसँग अनस्क्रिन रामोन्स गरेकी छन् । यस गीतमा निलमकै स्वर तथा संगीत रहेको छ । आफनै गीतमा अभिनय गरेर मोडलिङमा समेत दर्ज गराएकी निलमले भनिन्, ‘अभिनय मेरो रहर र रुचि होइन । साथीहरुको करले मात्र मोडलिङ गरेकी हुँ ।’
पछिल्लो समय संगीकार महिलाको पंक्तिमा चर्चामा रहेकी निलमले अभिनय पनि राम्रो गर्छिन् भन्ने यसै भिडियोबाट खुलेको छ । आफूलाई गायनमा भन्दा संगीत सिर्जना अब्बल रुपमा प्रस्तुत गर्दै आएकी निलमले भनिन्, ‘मेरो पहिलो प्राथमिकता पनि संगीत नै हो । त्यसपछि मात्र गायन र गीति रचना गर्छु ।’ तर, यस भिडियो सार्वजनिकसँगै निलमले संगीत र गायन मात्र नभएर मोडलिङ गर्दा पनि फरक नपर्ने देखिन्छ जबकि उनको अभिनय कुनै व्यवसायी मोडलको भन्दा कम छैन ।

निलम रोजुकै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘सुनखरी’ गीतलाई गणेशकुमार खालिङले लेखेका हुन् । गीतले सुनखरी फूल र मानवीय प्रेमलाई जोडेको छ । किरात समुदायका सुनखरी फूलको ऐतिहासिक विशेषता समेत छ । उक्त विशेषतलाई नै यस गीतले आधुनिक रुपमा चित्रण गर्ने प्रयास गरिएको छ । युवराज राईको छायांकन तथा निर्देशन रहेको यस भिडियोलाई तारा थापाले सम्पादन गरेका हुन् ।

Comments