युवराजको ‘यारी’ले जित्यो ‘बेस्ट फिल्म’ अवार्ड
screennepal
प्रकाशित: २०७५, ३ आश्विन बुधबार
no img

बरिष्ठ छायांकारको रुपमा चिनिएका युवराज राई (विरबहादुर) निर्देशित फिल्म ‘यारी’ ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल’मा सर्वोत्कृष्ट बनेको छ ।
अमेरिकाको न्यूयोर्कमा आयोजित फेस्टिवलमा राईद्वारा निर्देशित ‘यारी’ले छनोटमा परेका नौ फिल्मलाई उछिन्दै ‘उत्कृष्ट फिल्म’ घोषित भएको हो । किराती राई समुदायको संस्कृति चित्रण गरेको ‘यारी’ ‘बेष्ट फिल्म’ अवार्डसँगै नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
साथै, निर्देशक राईले ‘उत्कृष्ट क्यामेराम्यान’को अवार्डसमेत प्राप्त गरेका छन् । तीन दशकदेखि निरन्तर वृत्तचित्र तथा फिल्म निर्माणमा सत्रmिय रहँदै आएका राईले एक सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।
उक्त फेस्टिभलमा विभिन्न १० वटा विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा ‘बेष्ट एक्टर’ गुरुङ भाषा फिल्म ‘भेडी गोठाले’बाट राजेश, नेवारी भाषाको ‘स्वयनगु’बाट ‘बेष्ट एक्ट्रेस’ भिन्तुना जोशी, तामाङ भाषाको ‘सेम्की तम’बाट ‘बेष्ट स्टोरी’ प्रिया तामाङ र गुरुङ भाषाको फिल्म ‘भेडी गोठाले’ले नै ‘पब्लिक च्वाइज’ फिल्मको अवार्ड पाएका छन् ।
त्यस्तै, ‘ओम्ला’ (याख्खा) फिल्मबाट ‘बेष्ट डाइरेक्टर’ अरुणकुमार प्रधान, नेवारी भाषाको फिल्म ‘स्वयमगु’ले ‘बेष्ट कस्टुम’ र ‘बेष्ट स्किनप्ले’ र अमृतमान महर्जनले मगर भाषाको ‘रैंयाँ’ फिल्मबाट ‘बेष्ट म्यूजिक’ अवार्ड प्राप्त गरेका छन् ।
अवार्ड समारोहका छनोट भएका तीन लघु फिल्ममध्ये ‘बेष्ट सर्ट फिल्म’को अवार्ड सुनुवार भाषाको लघुफिल्म ‘गो सु नङा’ले प्राप्त गरेको छ भने ‘बेष्ट डकुमेण्ट्री’ संजोग लाफा मगरद्वारा निर्मित ‘कमल पोखरी’ (नेवार सम्पदा) विधामा अवार्ड जित्न सफल भएको छ ।
नेपालका ४६ आदिवासी फिल्ममध्ये ९ फिल्महरु दुई दिने महोत्वसमा प्रदर्शन गरिएको थियो । उक्त महोत्सवमा तीन वटा लघुफिल्म र २ वटा डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

Comments