यसरी बाँडियो एलजी फिल्म अवार्ड !
screennepal
प्रकाशित: २०७५, ३१ भाद्र आईतवार
no img

रानालाई लाईफटाइम, नाजिर र नीता उत्कृष्ट

‘एलजी सिने सर्कल अवार्ड–२०७५’ मा नाजिर हुसैन र नीता ढुंगाना क्रमश उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भएका छन् । नाजिरले फिल्म ‘तिमीसँग’ बाट र नीताले फिल्म ‘पञ्चायत’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएका छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्य तथा बलिउड अभिनेता गोविन्दाको विशेष उपस्थितिमा आइतबार राजधानीमा सम्पन्न अवार्ड समारोह उत्कृष्ट फिल्मको अवार्ड ‘तिमीसँग’ले प्राप्त गरेको छ भने उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘भुइँमान्छे’बाट नवराज बुढाथोकीले प्राप्त गरेका छन् ।
कार्यक्रमा फिल्म निर्देशक तथा कलाकार कलाकार किशोर रानालाई ५१ हजार नगद राशीसहित ‘लाईफटाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिएको छ । निर्देशक राना पछिल्लो केही महिनायता अस्वथ्य छन् ।

यस्तै, अवार्ड समारोहमा फिल्म ‘मंगलम’बाट पुष्प खड्काले ‘क्रिटिक्स अवार्ड’ पाएका छन् भने ‘पपुलर अवार्ड’ फिल्म ‘लिलिबिली’बाट अभिनेता प्रदिप खड्का र ‘छक्का पञ्जा–२’बाट अभिनेत्री प्रियंका कार्कीले हात पारेका छन् । जुन अवार्डप्रति दर्शकले आश्चार्य प्रकट गरेका छन् । अभिनेता नाजिरले ‘उत्कृष्ट अभिनेता’ र प्रदीपले ‘पपुलर अवार्ड’ पाउँदा उपस्थित दर्शकले जिब्रो टोकेका थिए ।
कार्यक्रममा उत्कृष्ट संगीत निर्देशकको अवार्ड भने अर्जुन पोखरेलले ‘म यस्तो गीत गाउ“छु’बाट प्राप्त गरेका छन् । त्यस्तै, ‘पोस्टर अफ दि इयर’ शत्रुगतेबाट सान थापा र विजय वस्यालले अवार्ड पाए भने ‘ट्रेलर अफ दि इयर’ ‘कृ’ले पाएको छ ।
कार्यक्रममा ‘स्टण्ट अफ दि इयर’ पिँजडा ब्याक अगेनबाट सिम्पसन तामाङ, ‘पपुलर गीत अफ दि इयर’ कुटुमा कुटु, ‘दुई रुपैयाँ’, ‘भिएफएक्स अफ दि इयर’ माओत्सु मुकामी, ‘माइलभ’, ‘कम्मेन्डेवल फिल्म अफ दि इयर’ फिल्म पञ्चायत र ‘ब्याकग्राउण्ड स्कोर अफ दि इयर’बाट एलिश कार्कीले अवार्ड पाएका छन् । यस्तै, ‘एडिटर अफ दि इयर’बाट मित्र डि गुरुङ, (शत्रुगते), ‘स्क्रिनप्ले अफ दि इयर’ तिमीसँग, ‘सिनेमाटोग्राफर अफ दि इयर’ भुइँमान्छेबाट बिदुर पाण्डे, ‘एक्सन डिरेक्टर अफ दि इयर’बाट चन्द्र पन्त, (कृ)बाट र ‘कोरियोग्राफर अफ दि इयर’ कविराज गहतराज (कुटुमा कुटु)बाट अवार्ड पोल्टामा पारेका छन् । ‘प्लेब्याक सिङगर अफ दि इयर’ मेलतर्फ सुगम पोखरेलले ‘भन्छु आज’ र ‘फिमेल’तर्फ मेलिना राईले ‘कुटुमा कुटु’ बाट अवार्ड पाएका छन् ।

Comments