कविताको ‘पिरती लाउँँदिन दुईतिर’
screennepal
प्रकाशित: २०७५, ३० भाद्र शनिबार
no img

मोफसलमा बसेर सांगीतिक करिअरलाई अगाडि बढाउँदै आएकी गायिका  कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर’ गीत सार्वजनिक भएको छ । उनको ‘कविता’ एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर’ गीतको भिडियो सार्वजनिक भएको हो ।
नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो आकर्षक बनेको छ । किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको संगीत रहेको गीतमा चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ ।
गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको गीतको भिडियोलाई नवराज उप्रेतिले छायाँकन गरेका हुन् भने नविन निरौलाले सम्पादन गरेका छन् । विगत ७ वर्षदेखि नेपाली गायन क्षेत्रमा रहेकी कविताका दुई एल्बम सार्वजनिक भएका छन् । तीन दर्जनभन्दा धेरै गीतमा स्वर दिएकी कविताले यो नयाँ गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता÷दर्शकको साथ पाउनेमा आफू आशावादी रहेको बताइन ।

Comments