पुष्पाञ्जलीमा देखाइयो ‘साम’ | दर्शकले भने, ‘राम्रो छ फिल्म’
screennepal
प्रकाशित: २०७५, २९ भाद्र शुक्रबार
no img

लिम्बू भाषामा तयार गरिएको फिल्म ‘साम’को विशेष प्रदर्शन गरिएको छ । ‘साम’ अर्थात ‘सातो’को शुक्रबार राजधानीको कोटेश्वरस्थित पुष्पाञ्जली हलमा विशेष प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा फिल्मका कलाकार, पत्रकार तथा दर्शकको बाक्लो उपस्थिति थियो । दर्शकले फिल्मलाई निकै रुचाएका छन् । फिल्म ‘साम’ हेरपछि दर्शकले भने, ‘लिम्बू भाषाका भएपनि फिल्म स्तरिय बनेको रहेछ ।’


हर्रर जनरामा निर्माण गरिएको फिल्म ‘साम’मा अकालमा मृत्य भएका व्यक्तिले मृत्युपछि गर्ने विभिन्न क्रियाकलापलाई समेटिएको छ । सम्भवतः लिम्बू भाषामा निर्माण गरिएको यो पहिलो हर्रर फिल्म हुनसक्छ । साथै, फिल्ममा जमिनदार प्रथालाई समेत चित्रण गर्ने प्रयास गरिएको छ ।
‘साम’ लाई लिम्बू कल्चर फिल्म भन्दा पनि पुरातन सोचलाई उठाइएको छ । ‘मान्छे मरेपछि तर्साउँछ’ भन्ने पुरातनलाई आधुनिकरण गर्न खोजिएको फिल्म ‘साम’को निर्देशन किशोर सुब्बाले गरेको हुन् । जसले थुप्रै नेपाली चलचित्र निर्देशन गरिसकेका छन् ।


फिल्ममा पुष्पा लिम्बू, रुकमान लिम्बू, हस्त लिबाङ, कल्पना योङहाङ, उदय सुब्बा, केदार श्रेष्ठ, राजु घिमिरे, बिमू थेगिम, चन्द्र लिम्बू, धुव्र पोखरेल, कल्पना लिम्बू, देउमान केरुङलगायतका कलाकार अभिनय रहेको छ । यो फिल्म गायक रुकमान लिम्बूको डेब्यु फिल्म हो । गायनसँगै म्युजिक भिडियोमा अभिनय गर्दै आएका रुकमानले आफ्नो डेब्यु फिल्म भएपनि अभनियमा निखारता ल्याएका छन् ।
फिल्ममा सागर केरुङको लेखन, कुमार बखतीको छायांकन, मन्दिल श्रेष्ठको सम्पादन र समीर मियाको भिएफएक्स रहेको छ । माता पाथीभरा फिल्मस् प्रालिको प्रस्तुति रहेको उक्त फिल्ममा लिबाङ फिल्मस् प्रोडक्सन प्रालि र द हाइल्यान्ड आर्टको सहकार्यमा निर्माण गरिएको हो ।
फिल्ममा शस्त लिबाङ, चन्द्र लिम्बू, कल्पना योङहाङ, बिसाल थेबे र किशोर सुब्बाको संयुक्त लगानी रहेको बताइएको छ ।

Comments