कामना फिल्म अवार्ड–२०७५ : यस्तो छ मनोनयन सूचि
screennepal
प्रकाशित: २०७५, २७ भाद्र बुधबार
no img

काठमाडौं । ‘सीजी कामना फिल्म अवार्ड–२०७५’मा पर्न सफल उत्कृष्ट पाँच कलाकार तथा विधा मनोनयन सार्वजनिक भएको छ । कामना प्रकाशनले सिजी इन्टरटेनमेन्टको सहाकार्यमा आयोजना गर्न गइरहेको कार्यक्रममा ३१ विधामा अवार्ड प्रदान गरिँदैछ ।
१ वैशाख २०७४ देखि चैत मसान्त २०७४ सम्म सार्वजनिक रूपमा प्रदर्शन गरिएका चलचित्रमध्येबाट निर्णायक मण्डलले उत्कृष्ट पाँचको ३१ विधामा मनोनयन सूचि सार्वजनिक गरेको हो । चलचित्र विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, लिलिबिली र शत्रु गते मनोनयनमा परेका छन् ।
यस्तै, निर्देशकको मनोनयनमा चलचित्र कृबाट सुरेन्द्र पौडेल, छक्का पञ्जा–२ बाट दीपाश्री निरौला, लिलिबिलीबाट मिलन चाम्स, मंगलमबाट नवल नेपाल र शत्रु गतेबाट प्रदीप भट्टराई मनोनयनमा परेका छन् ।
मनोनयन सूचीमा छक्का पञ्जा–२ सर्वाधिक १५ विधाको मनोनयनमा परेको छ । दीपाश्री निरौला निर्देशित छक्का पञ्जा–२ निर्देशक, अभिनेता, हास्य कलाकार, सहअभिनेता, सहअभिनेत्री, नवअभिनेता, पटकथा, संवाद, छायांकन, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द्व निर्देशन र शृंगारका लागि मनोनयनमा परेको छ । यो चलचित्रबाट हास्य कलाकार विधामा दुई कलाकार केदर घिमिरे र जयनन्द लामा मनोनयनमा परेका छन् ।
यस्तै, चलचित्र छक्का पञ्जा–२ लाई पछ्याउँदै कृ १३ विधामा र ११ विधाको मनोनयनमा चलचित्र ए मेरो हजुर–२ परेका छन् ।
त्यसैगरी, अभिनेतामा छक्का पञ्जाबाट दीपकराज गिरी, घामपानीबाट दयाहाङ राई, भ्mयानाकुटीबाट सौगात मल्ल, कृबाट अनमोल केसी, लिलिबिलीबाट प्रदीप खड्का र मंगलमबाट पुष्प खड्का मनोनयनमा छन् । अभिनेत्रीतर्पm ब्लाइन्ड रक्सबाट बेनिसा हमाल, शेरबहादुरबाट मेनुका प्रधान, पञ्चायतबाट नीता ढुंगाना, शत्रु गतेबाट प्रियंका कार्की, पिँजडा ब्याक अगेनबाट सारा सिरपाली र मंगलमबाट शिल्पा पोखरेल मनोनयनमा परेका छन् ।
यस्तै, चलचित्र कृ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, खलपात्र, सहअभिनेत्री, नवअभिनेत्री, बालकलाकार, छायाकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द्व निर्देशन र शृंगार विधाको मनोनयनमा परेको छ भने ए मेरो हजुर–२ नवनिर्देशक, नवअभिनेता, सहअभिनेता, बालकलाकार, छायांकन, ध्वनि मिश्रण, सम्पादन, पाश्र्व संगीत, गीतकार, संगीतकार र नृत्य निर्देशकका लागि मनोनयनमा परेको छ ।

त्यसैगरी, लिलिबिली १० विधाको मनोनयनमा परेको छ । यो चलचित्र सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, नवअभिनेत्री, पटकथा, छायाकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण र नृत्य निर्देशक विधाको मनोनयनमा परेको छ ।
शत्रु गते र मंगलम नौ–नौ विधाका लागि मनोनयनमा परेका छन् । चलचित्र संरक्षण र भुइँमान्छे सात–सात विधाको मनोनयनमा छन् । संरक्षण नवनिर्देशक, सहअभिनेता, खलपात्र, द्वन्द निर्देशक, गीतकार, पाश्र्व गायक र ध्वनि मिश्रणका लागि मनोनयनमा परेको छ भने भुइँमान्छे नवनिर्देशक, नवअभिनेत्री, बालकलाकार, कथा, पटकथा, संवाद र शृंगार विधाको मनोनयनमा परेको छ ।
चलचित्र ब्लाइन्ड रक्स ६ विधा तथा घामपानी, पिँजडा ब्याक अगेन, ऐश्वर्य र म यस्तो गीत गाउँछु पाँच–पाँच विधाको मनोनयनमा रहेका छन् । चलचित्र पञ्चायत, दुई रुपियाँ र ग्याङ्स्टार ब्लुज चार–चार विधाको मनोनयनमा परेका छन् । त्यसैगरी चलचित्र शेरबहादुर तीन विधामा, कान्छी, भ्mयानाकुटी र आधा लभ दुई–दुई विधामा तथा नाका, लभ लभ लभ, रानी र रुद्र एक–एक विधाको मनोनयनमा परेका छन् ।
यस वर्षको अवार्डअन्तर्गत सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री विधामा तीव्र प्रतिस्पर्धाका कारण उत्कृष्ट ६ को नाम अगाडि आएको कामना पब्लिकेसनले जनाएको छ । सारा सिरपाली रुद्रबाट नवअभिनेत्री र पिँजडा ब्याक अगेनबाट अभिनेत्रीको प्रतिस्पर्धामा छिन् । त्यसैगरी, कोरियोग्राफर कविराज गहतराज चार चलचित्रबाट उत्कृष्ट पाँचको मनोनयनमा परेका छन् ।

Comments