शोसल मिडियामा ‘भाइरल’, आखिर को हुन् साक्षी ? (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, २६ भाद्र मंगलवार
no img

आर्कषक र सुन्दर ज्यानकी साक्षी मलिक साँच्चै सुन्दर छिन् । भारतकी यी मोडल पछिल्लो समय शोसल मिडियामा ‘भारइल’ छिन् । साक्षीलाई भारतीय मिडियाले ‘भाइरल युवती’को संज्ञा दिएका छन् ।


प्रतिभा र सुन्दरताकी खानी साक्षीका बारेमा ‘टाइम्स अफ इन्डिया’ले लेखेको छ, ‘साक्षीको सौन्दर्य र जीवनशैली पनि निकै प्रभावकारी छ । साक्षी मलिक एक बहुमुखी युवती हुन् ।’
उनी त्यतिकै फेशन कन्सस छिन् । सौन्दर्य र जीवनशैलीमार्फत आफ्नो प्रभावकारिताले सामाजिक सञ्जालमा उनलाई पछ्याउँने ठूलो संख्या छ । २२ जनवरी १९९३ मा कानपुर, यूपीमा जन्मेकी साक्षीले बिटेकमा डिग्री गरेकी छन् । दिल्लीमा कलेज अध्ययनकै क्रममा उनी फशन शोहरुमा देखिन थालेकी हुन् । क्यामेरा फेशकै कारण उनले आफ्नो मोडलिङसँग आत्मीयता बढेको बताएकी छन् ।


स्नातकको अध्ययनपछि साक्षी मुम्बई गइन् । जहाँ उनले एक मोडलिङ एजेन्सीसँग साइन गरिन् । उनी अहिले त्यही एजेन्सीमा आवद्ध छिन् । साक्षीले थुप्रै टिभी एडहरुमा मोडलिङ गरेकी छन् भने उनी ‘कुडी स्नैप च्याट वालिया’, ‘सोनाको टाइट के स्मिनी’ जस्ता म्युजिक भिडियोहरु अभिनय गरेकी छन् । हाल साक्षीका इन्स्टाग्राममा २.१ मिलियन अनुयायी छन् । उनको हरेक दिन अचम्मको फोटो शुट वा हाउभाउहरु अपलोड गछिन् । photo : Times of India

Comments