प्रदर्शनको तयारी ‘सायाबुङ’
screennepal
प्रकाशित: २०७५, २६ भाद्र मंगलवार
no img

चलचित्र ‘सायाबुङ’ अर्थात ‘सिरफूल’ प्रदर्शनको तयारीमा छ । उच्च हिमाली भेगमा बसोबास गर्ने किराती राईहरुको कथामा आधारित यो चलचित्र ३० भदौमा पहिलो प्रदर्शन हुने निर्माणपक्षले जनाएको छ ।
साया राई बान्तवाको निर्माण र भागिराज राईको निर्देशन रहेको यस चलचित्रमा परम्परागत जीवनपद्धति तथा किरात सभ्यता र भाषा एवं संस्कारलाई समेटिएको छ । साथै चलत्रिमा किरातहरुको सस्कृति एवं रितिरिवाज र रहनसहनलाई पनि उजागर गरिएको बताइएको छ ।
‘सायाबुङ’मा पूर्वी पाँचथरको माथिल्लो भेगमा बसोबास गर्दै आएका गोठाले जीवनशैलीलाई चलचित्रमा समावेश गरिएको छ । ‘सायाबुङ’लाई सबैले बुझ्न सक्ने गरी नेपाली भाषामा तयार गरिएको छ ।
यस चलचित्रको अधिकांश नेपाललगायत भारतको मणिपुर पनि गरिएको छ । चलचित्रमा पाँचथरको फालेलुङ, फालोट सन्दकपुर, लब्रे सिलौटीलगायतका रमणीय र पर्यटकीयलाई समेटिएको छ ।
यो चलचित्र नेपालको विभिन्न सहरका अलावा साउदी अरब, कोरियालगायत भारतको आसाम, मणिपुर, सिकिम, मिरीक, गान्तोक, नाम्ची र कालेबुङमा प्रर्दशन हुने बताइएको छ । भोजपपुरकी सायाको यो पहिलो निर्मित चलचित्र हो ।
चलचित्रमा सौजन्य सुब्बा, निशा राई, सगुन सुसरा, साया राई, राहुल राई, दर्पण राई, ज्ञानबहादुर राई, दिब्या आङदेम्बे, दिप्सन आङबो, उमेश राई, राजकुमार इशारालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको गीतमा शब्द, संगीत भक्त सुनुवार, भगिराज र उदय नेम्बाङको रहेको छ भने स्वर दीपक लिम्बू, रजिना रिमाल, दीपा लामा, उदय नेम्बाङ, गौरीमान राई र भगिराज राईको रहेको छ ।

Comments