‘पर्वत स्टार’को उपाधि बिविशालाई | Screennepal

‘पर्वत स्टार’को उपाधि बिविशालाई

‘पर्वत स्टार–२०७५’को उपाधि बिविशाा पाण्डेले चुमेकी छन् । राजधानीमा भएको अन्तिम प्रतिस्पर्धामा पर्वत विहादी गाउँपालिका वाहाकी (हाल स्याङ्जा वालिङ) बिविशाले उपाधि चुम्न सफल भएकी हुन् ।
सोनी फिल्मस् प्रालिको आयोजनमा भएको ‘पर्वत स्टार–२०७५’ खुल्ला नृत्य प्रतियोगितामा सेकेण्ड रनरअपको पर्वत फलेवासकी स्मृति चपागाइँ बन्न सफल भइन् भने तेस्रो स्थान विहादी गाउँपालीका रानीपानीकी सृष्टि सुनवार र सान्तोवना पुरस्कार स्याङजा ग्लायाङकी लोचन आलेले हात पारिन ।
कार्यक्रममा टपटेनका अन्य विजेतामा मुनाल परियार, रेजिना थापा, अस्मिता रनपाल, आर्मित्मा सारुमगर, लिजा थापा र सुजिना थापा रहेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार नगद विभिन्न गिफ्ट ह्यापर र ट्रफी प्रदान गरिएको थियो । विजेतालाई सोनी फिल्मस् बाट निर्माण हुने चलचित्रमा अनुबन्धन पनि गरिएको छ ।
१८ जिल्लाबाट १ सय ५० जनाले सहभागिता जनाएको उक्त प्रतियोगिताको निर्णयकमा राम गौतम, प्रेम शर्मा पौडेल, लवसन गुरुङ र एकेन्द्र सारा शंकर रहेका थिए । गाउँ गाउँमा रहेका प्रतिभाहरुको प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले यो प्रतियोगिता गरिएको कार्यक्रमका संयोजक प्रेम सोनी सुनारले बताए ।



Facebook Comment