दिक्पालले पाए ‘मिस्टर मोडल अफ द वल्र्ड’ उपाधि
screennepal
प्रकाशित: २०७५, २२ भाद्र शुक्रबार
no img

म्यानमारमा यो साता सम्पन्न अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर मोडल अफ द वल्र्ड–२०१८’को शीर्ष उपाधि दिक्पाल कार्कीले जितेका छन् ।
विभिन्न नेपाली फिल्म र मोडलिङमा व्यस्त रहँदै आएका दिक्पालले आफ्ना नौ जना फाइनल प्रतिस्पर्धीलाई पछि पादै सन् २०१८ को ‘मिस्टर मोडल अफ द वल्र्ड’ घोषित भएका हुन् । प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, चीनलगायतका देशबाट मोडलहरु सहभागी थिए ।
दिक्पालले शीर्ष उपाधिसँगै अन्य तीन टाइटल पनि जितेका छन् । उनले मिस्टर किङ अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पाएका छन् ।


दिक्पालले यसअघि थाइल्याण्डमा आयोजित ‘मिस्टर ग्लोबल’ र फिलिपिन्समा भएको ‘मिस्टर ग्राण्ड इन्टरनेशनल’मा सहभागी भइसकेका थिए । पछिल्लो समय अन्तर्राष्ट्रिय मोडलको ब्राण्ड बनेका दिक्पालले ‘मिस्टर ग्राण्ड इन्टरनेशनल–२०१७’ मा सोशल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए ।
कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इन सँगसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका छन् । ‘मिस्टर ग्राण्ड नेपाल–२०१७’का विजेता दिक्पालले ‘मिस्टर वल्र्ड नेपाल–२०१७’को कोरियोग्राफी गरेका थिए ।
द ड्रिम सर्च एजेन्सीले दिक्पाललाई नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको थियो, जसका सीईओ कमल निकोन क्षेत्री हुन् । सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित शोहरुमा भाग लिइसकेका छन् ।

Comments