ढाका उद्यमी कल्पनालाई ‘प्रवल जनसेवा श्री’ मानपदवी
screennepal
प्रकाशित: २०७५, २० भाद्र बुधबार
no img

राष्ट्रपति विद्या भण्डारीबाट उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ लिम्बू मानपदवीद्वारा विभूषित भएकी छन् । नेपाली जनताको हित अभिवबृद्धिमा योगदान पु-याएवापत कल्पना ‘प्रवल जनसेवा श्री’ मानपदवीद्वारा विभूषित भएकी हुन् ।
राष्ट्रपति निवासमा मंगलबार विशेष समारोहबीच विभिन्न क्षेत्र र पेसामा आवद्ध ३४४ जना व्यक्तित्वहरुलाई राष्ट्रपति भण्डारीले विभूषित गरेकी थिइन् । तीमध्ये सफल उद्यमी कल्पना पनि परेकी हुन् ।


कल्पनाले करिब डेढ दशकयता नेपाली ढाका कपडाको उत्पादन तथा प्रवद्धृन गर्दै आएकी छन् । ‘द हाइल्याण्ड आर्ट’ तथा ‘कल्पना ढाका बुटिक’मार्फत हातेतानबाट बुनेको नेपाली परम्परागत ढाका परिहनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सफल उद्यमी कल्पनालाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ, ‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा तपाइँबाट भएको उल्लेखनीय योगदानको सम्मानस्वरुप वल जनसेवा श्रीद्वारा विभूषित गरिएको छ ।’ राष्ट्रपति भण्डारीबाट २०७४ सालको गणतन्त्र दिवशको अवसरमा घोषणा गरे अनुसार कल्पनालगायत ३४४ लाई विभूषित गरिएको हो ।


विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिसँग जोडिदै आएकी कल्पनाले ‘द हाइल्याण्ड आर्ट’ ढाका उद्योग सञ्चालन गरेर आफू र आफ्नो मात्र नभएर सयौँलाई रोजगार प्रदान गर्दै आएकी छन् । साथै, पछिल्लो समय ढाका कपडा उत्पादन गरेर देशमा आर्थिक तथा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने मनशायले नेपालमा कपास खेतीको विषयमा अनुसन्धान गरिरहेकी कल्पनाले भनिन्, ‘राज्यबाट विभूषित हुन पाउँदा अत्यन्त खुसी र गर्व लागेको छ । जसले मलाई अझ अगाडि बढ्ने हौसला मिलेको छ ।’

 

Comments