गुलाब बाँड्ने प्रदीप, ‘आई लभ यू’ खाने मिरुना
screennepal
प्रकाशित: २०७५, १८ भाद्र सोमबार
no img

धरान । करिब तीन घण्टादेखि इटहरीको आई सिनेमा हलमा एक युवती नायक प्रदीप खड्कालाई कुरेर बसेकी थिइन् । प्रदीपको इन्स्टाग्रामबाट इटहरीमा दिउँसो १ बजे कन्सर्टका लागि आउँदैछौं भन्ने जानकारी पाएकी उनी बिराटनगरबाट दिउँसो ११ बजे नै आएकी थिइन् । अस्मिता नामकी ती युवतीले प्रदीपलाई हेर्नकै लागि तीनघण्टा कुरिन् । २ बजे कन्सर्ट सुरु भएपछि प्रदीपले स्टेजबाटै धेरै युवतीलाई गुलाबको फूल बाँडे । जसमा अस्मिता गुलाब पनि परिन् ।
फिल्म ‘रोज’को टिम अहिले मोफसलको प्रमोशनल टुरमा छ । नायक प्रदीप, नायिका मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठलगायतको टिमले आइतबार इटहरी र धरानको कन्सर्ट सम्पन्न गरेका छन् । सोहीक्रममा प्रदीले युवतीहरुलाई गुलाब दिएका थिए ।


प्रदीपकै लागि भनेर कार्यक्रममा आएका युवायुवतीहरुलाई उनलेस्टेजबाटै थुप्रै गुलाबको फूल, फिल्मको नाम लेखिएको टिसर्ट बाँडेका थिए । प्रदीपले लगातार केहिदिन यता देशका विभिन्न ठाउँमा गरिएको कन्सर्टमा गुलाब बाँड्दै आएका छन् ।
‘म योभन्दा अघिका फिल्मका लागि पनि यसैगरी कन्सर्टमा आएको थिएँ’ उनले भने, ‘त्यतिखेर पनि दर्शकले निकै ठुलो साथ दिएको थियो, आज पनि त्यो भन्दा ठुलो साथ पाएँ ।’ फिल्मकी नायिका मिरुना र परमिताले पनि फिल्मबारे जानकारी गराएका थिए । धरान पुग्दा मिरुनालाई उनका फ्यानले स्वागत गरेका थिए । मिरुनाको गृहजिल्ला भएकाले पनि उनका फ्यानले ‘वि लभ मिरुना’लेखेको पोष्टर लिएर उनलाई भेट्ना आएका थिए ।
यस्तै, सोमबार युनिट झापाको दमक र बिर्तामोडमा कन्सर्ट गरेको छ । मोफसलको कन्सर्टपछि काठमाडौंमा मंगलबार कन्सर्टकोक कार्यक्रम रहेको छ । उद्धव पौडेलको प्रस्तुति तथा पौडेलले निर्देशन गरेको यो फिल्म यहि २२ भदौमा प्रदर्शनमा आउँदैछ ।

Comments