पोखरामा फिल्म मेकिङबारे वर्कशप हुँदै
screennepal
प्रकाशित: २०७५, १८ भाद्र सोमबार
no img

फिल्म लेखन र निर्माणसम्बन्धी कार्यक्रम लिएर देश दौडाहामा रहेको कान्तिपुर फिल्म एकेडेमीले पोखरा एक हप्ते प्रशिक्षण गर्ने भएको छ । २४ भदौदेखि २९ सम्म पर्यटकीय नगरीमा फिल्मसम्बन्धी विभिन्न प्रशिक्षण दिने एकेडेमीले जनाएको छ । फिल्मसम्बन्धी शैक्षिक कार्यक्रम पोखरामा पहिलोपटक गर्न लागेको हो ।
पछिल्लो समय फिल्म निर्माण र प्रदर्शनसम्बन्धी सर्ट फिल्म, डकुमेन्ट्री, वेभ सिरिज, म्युजिक भिडियो, टेलिभिजन कार्यक्रमलगायतमा चासो बढ्दै गएको छ । तर, कतिपय इन्डिपेन्डेन्ट न्यमेकरहरु रुचि र कन्सेप्ट भएर पनि फिल्म निर्माणसम्बन्धी शैद्धान्तिक तथा प्राविधिक ज्ञानको समस्यालाई मध्यनजर गर्दै शैक्षिक अभियान सुरु गरिएको एकेडेमीका सिइओ प्रकाश पुरीले बताए ।
एकेडेमीले यसअघि विर्तामोड, ईटहरी, हेटौडा, दाङ, नारायणघाटलगायतका सहरमा वर्कशप गरिसकेको छ । पोखरापछि बुटवल, नेपालगञ्ज र धनगढीमा पनि वर्कशप गर्ने एकेडेमीले जनाएको छ ।
वर्कशपमा फोटोग्राफी, सिनेमाटोग्राफी, स्कृप्ट राइटिङ, डाइरेक्सन र फिल्म निर्माणमा केन्द्रित जनाइएको छ । पोखरामा हुन लागेको वर्कशपका लागि हाइ–वे तथा कालो पोथीका राइटर अविनासबिक्रम शाह, हिफाजत, अन्दाज, दशगजा, मंगलम्लगायत दर्जनौ फिल्मका सिनेम्याटोग्राफर बिष्णु कल्पित घिमिरे र कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले प्रशिक्षण दिने जनाइएको छ ।

Comments