मोडल सम्पदाको यस्तो हालत ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १२ भाद्र मंगलवार
no img

म्युजिक भिडियोका लागि सबैभन्दा ब्यस्त मोडल हुन्, सम्पदा बानियाँ । उनी दैनिक भिडियो सुटमै व्यस्त हुन्छिन् । यी व्यस्त मोडल सम्पदालाई यहाँ गिट्टी कुटिरहेको देख्न सकिन्छ ।
आखिर सम्पदालाई यो हालतमा पु¥याउँने भनेको गायक तिलक श्रेष्ठ हुन् । तिलककै नयाँ गीत ‘सुनसान बगरमा’को भिडियोमा सम्पदाले पीडादायिक अभिनय गरेकी छन् ।
सार्बजनिक भएको गीतको भिडियो गीतअनुसार निकै नै पीडादायी तरिकाले म्यूजिक भिडियो पनि निर्माण गरिएको छ । हरि लम्सालको संगीत अनि एरेन्ज रहेको यस गीतमा पासाङ शेर्पाको शब्द रचना रहेको छ । स्याड भर्सनको यस गीतको म्युजिक भिडियोमा सम्पदासँग जीवन भट्टराईले अभिनय गरेका छन् ।
भिडियोमा उत्सब दाहालले छायांकन, निशान घिमिरे सम्पादन अनि प्रकाश धितालको निर्देशन रहेको छ भने अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टको बजार ब्यबस्थापन रहेको छ ।

Comments