नाचघरमा गाइजात्रा, सुरुमै ‘सार्वजनिक सौचालय’
screennepal
प्रकाशित: २०७५, ११ भाद्र सोमबार
no img

नेपाली हास्य क्षेत्रका सक्रिय हास्य कालाकारहरुको प्रस्तुतिमा गुन्जित टोली फिल्म प्रालिले ‘गाइजात्रा महोत्स, २०७५’ को आयोजना गरेको छ ।
सोमबारबाट संस्कृतिक संस्थान राष्ट्रिय नाचघरको रंगमञ्चमा सोमबारदेखि १९ भदौसम्म सञ्चालन हुने भएको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।
आयोजकका अनुसार कलाकारहरुमा दमन रुपाखेती, निरज नेपाल, पारवन राई, कञ्चन सापकोटा, भीमसेन अधिकारीको ‘पानी जहाज’, सुरेन्द्र केसी, शिवशंकर रिजाल ‘जोगेन्द्रको सपेरा’, प्रभाकरदेव शर्मा, राजन थापा, नवराज भण्डारी, सुशीला निरौला, पुष्प अवस्थीको ‘जा जा आ बा’ विष्णु सापकोटा, शिवहरि बैरागी, शिव शर्मा, इन्द्र दोङ लामा, अञ्जु रुवालीको ‘शौचालय’, रबि डंगोल, पूर्ण थापा, पल्पसा डंगंोल, सन्तोष खनालको ‘क क थि’को प्रहसन हुने छन् ।
यस्तै गाईजात्रामा ड्राइभरको राजा राजेन्द्र छन् भने प्यारोडी गीत टीका भण्डारीले गाउने छन् । त्यस्तै, हरिसा बानिया“को साकिरा नृत्य र प्रवचनमा बबिता बानिया“ रहने पत्रकार सम्मेलनमा जनाइएको छ ।

Comments