डब्बुको आयो ‘यो तन यो मन’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, ११ भाद्र सोमबार
no img

सञ्चारकर्मी डब्बु क्षत्रीको गीति संग्रह ‘गुलाबी स्वरहरु’मा संग्रहित गीत ‘यो तन यो मन’ को भिडियो रिलिज गरिएको छ । क्षत्रीले आफ्नो जन्मदिनको अवसर पारेर आफ्नै च्यानल ब्युटी न्युज नेपालबाट भिडियो रिलिज गरेका हुन् ।
उक्त गीतमा सन्तोष श्रेष्ठको संगीत र रेश्मा पुन मगरको स्वर रहेको छ । गीतलाई संगीत संयोजन जुगल डंगोलले गरेका हुन् । यो गीतको छाया“कन हालै मलेशियामा गरिएको हो । गीतको भिडियोमा मोडल कमला हाङखिम राई र पूर्ण सुब्बा योङहाङको अभिनय रहेको छ । गीतको छायाँकन मलेशियाको पर्यटकीय शहर मेलाक्कामा गरिएको हो ।
यो गीतलाई सुजन न्यौपानेले खिचेको हुन् । जसमा रोशनी न्यौपानेको मेकअप रहेको छ । भिडियोलाई अशोक मल्लले छायाँकन गरेका हुन् । भिडियो निर्देशक डब्बु क्षत्री आफैं हुन् । दुई दिन अघि रिलिज गरिएको भिडियोले दर्शकको राम्रो साथ पाइरहेको गीतकार क्षत्रीले बताए ।

Comments