‘मिस टुरिज्म’को उपाधि मनितालाई
screennepal
प्रकाशित: २०७५, ९ भाद्र शनिबार
no img

‘मिस टुरिज्म–२०१८’को उपाधि भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । शनिबार आयोजित अन्तिम प्रतिस्पर्धामा आफ्ना १२ प्रतियोगीलाई उछिन्दै पौडेलले ‘मिस टुरिज्म’को ताज चुमेकी हुन् । जितसँगै उनले नगद ५० हजार हात पारिन् ।
प्रतियोगिताको फस्ट रनरअपको उपाधि प्रकृति ढकाल र श्रुति थापाले सेकेण्ड रनरअपको उपाधि जित्दै क्रमश रु ३० हजार र रु २० हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा दीक्षा श्रेष्ठ मिस इन्टेलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाइस, प्रकृति ढकाल मिस ट्यालेन्ट र मिस डिसिप्लिन, सङ्गीता थापा मिस फिगर र मिस पर्सनालिटिज, सिर्जना घिमिरे मिस फ्रेन्डसीप र सुमी थापा मिस वाल्क घोषित भए । मिस टुरिज्मको उपाधि चुमेकी १९ वर्षीया पौडेल ट्राभल एन्ड टुरिज्म विषयमा स्नातक अध्ययनरत् छिन् ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाई २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन पर्यटन प्रवद्र्धनात्मक अभियानमा लागी पर्ने पौडेलको भनाइ छ ।

विजेतालाई विभिन्न संस्था र कम्पनीका ब्राण्ड एम्बेसेडर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर प्रदान गरिने आयोजक प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक काफ्लेले बताए ।

Comments