अभिनेत्री नीता पार्लरको ब्रान्ड एम्बेस्डर
screennepal
प्रकाशित: २०७५, ९ भाद्र शनिबार
no img

काठमाडौंको पेप्सीकोला र मिन भवनमा रहेको आधुनिक ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को ब्रान्ड एम्बेस्डरमा अभिनेत्री नीता ढुंगाना अनुबन्धित भएकी छन् ।
सिटिईभिटीअन्तर्गत व्युटिसियनहरुको लेवल १ र २ को परीक्षाका लागि वैधानिक रुपमा उत्कृष्ट सेन्टरको समेत मान्यता पाएको उक्त पार्लर तथा ट्रेनिङ सेन्टरमा अभिनेत्री निता एक वर्षका लागि जोडिएकी हुन् । बरिष्ट व्युटिसियन सुलोचना श्रेष्ठले यो पार्लर डेढ दशकदेखि सञ्चालन गर्दै आएकी हुन् ।
यसैबीच रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खरिबोट मिनभवनको नयाँ आउटलेटको पनि अभिनेत्री नीता, बरिष्ठ व्युटिसियन डा. राजश्री श्रेष्ठ र सीता पाठकले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।


आफुले व्युटी पार्लरसँग जोडिन पाउँदा निकै खुसी लागेको बताउँदै अभिनेत्री निताले बरिष्ट व्युटिसियन सुलोचना र उहाँको टिमले आफ्नो सुन्दरतामा अझ निखार ल्याउने विश्वास व्यक्त गरेकी छिन् । हरेक दिन जसो सुटिङ सहित विभिन्न औपचारिक कार्यक्रममा गईरहनु परेकाले नियमित रुपमा आफुलाई सुन्दर र तन्दुरुस्त राख्नु पर्ने पनि उनले बताईन् । उनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको सफलताको कामना समेत गरिन् ।
आगामी वर्ष ७ भदौसम्म आफुहरुले अभिनेत्री निताको सौन्दर्य अन्तर्गत हेयर केयर, स्किन केयर, बडी केयरसहित सौन्दर्यसम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्ने रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सुलोचना श्रेष्ठले बताइन् । अभिनेत्री नीतासँग आफुहरु जोडिन पाएकोमा खुसी व्यक्त गर्दै यो सहकार्य अत्यन्त सुखद हुने विश्वास जनाइन् ।
उद्घाटन समारोहमा बरिष्ठ व्युटिसियन डा. राजश्री श्रेष्ठले सुलोचना दक्ष व्युटिसियनसँगै सक्षम व्युटिसियन प्रशिक्षक भएकाले अझ धेरैलाई गुणस्तरीय सेवा दिने विश्वास व्यक्त उनले गरिन् ।

 

Comments