नेपाली फिल्ममा आइटम गर्दै पुर्वपोर्न स्टार सन्नी लियोनी
screennepal
प्रकाशित: २०७५, ८ भाद्र शुक्रबार
no img

एक नेपाली फिल्ममा पूर्वपोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले आइटम डान्स गर्ने भएको छन् । उनी फिल्म ‘पासवर्ड’मा अनुबन्धित भएकी छन् ।
फिल्ममा सन्नीसँग अभिनेता अनुपविक्रम शाहीले स्क्रिन सेयर गर्ने भएका छन् । फिल्म ‘पासवर्ड’मा यी दुईको जोडी रहने भएको हो । २६ अगस्टदेखि फ्लोरमा जाने भनिएको उक्त फिल्मको लागि सन्नी र अनुप लण्डन प्रस्थान गर्दैछन् ।


निर्माणपक्षका अनुसार छायाँकार तथा प्राविधिकसहितको एक टोली यसअघि नै बेलायत पुगिसकेको छ । बिक्रम जोशीले निर्माण गर्न लागेको यस फिल्ममा सन्नीसँग अभिनय गर्न पाउँदा अनुपविक्रम खुसी छन् ।
अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहने फिल्ममा अनुप र सन्नीका आलावा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनारलगायतको पनि अभिनय रहने जनाइएको छ । लण्डनसँगै बर्नमाउथ र ससेक्सलगायतका स्थानमा छायाँकन हुने यस फिल्मलाई २०१९ को सुरुवातमा रिलिज गर्ने लक्ष्य लिइएको छ । फिल्ममा सन्नीले आइटमका अलावा केही दृश्यमा समेत अभिनय गर्ने बताइएको छ ।

Comments