हेमन्त र कृष्णको सहकार्यले लिएर आयो नेपाली महिलाहरुको लागि तीजको कोशेली “रातो सारी”
screennepal
प्रकाशित: २०७५, ७ भाद्र बिहीबार
no img

स्क्रिननेपाल डटकम :
नेपाली महिलाहरुको महान चांड हरितालिका तीज अब दिन प्रति दिन नजिकिदै छ | यस बखतमा तीज विशेष गीतहरु पनि धमाधम बजारमा आईरहेको छ | यसै बीच गायक हेमन्त खड्काले तीजलाई मध्य नजर गरेर “रातो सारी” बोलको तीज गीत बजारमा लिएर आएका छन् |

उनको यस गीतमा कृष्ण आचार्यको शब्द र राजन कार्कीको संगीत रहेको छ भने हेमन्त खड्का र कल्पना शिरिषले सुमधुर स्वर भरेका छन् | गीतमा कृष्ण के.सीको अरेन्ज रहेको छ | लोक भाकामा निकै मिठो शैलीमा यो गीत तयार गरिएको छ | पछिल्लो समय तीज पर्वलाई लिएर नेपाली समाजको अवस्थामा यो गीत तयार गरिएको छ |

गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ | मरुभूमि नारायणको छायांकन, रोशन धितालको सम्पादन र रेशम सापकोटाको निर्देशनमा यस भिडियोमा गोरान चौधरी र रन्जु पुनको नृत्य हेर्न सकिन्छ | गीतको भिडियो गायक हेमन्त खड्काले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् |

लामो समय देखि उनको नेपाली लोकगीत क्षेत्रमा योगदान रहेको छ | उनको धेरै गीतहरु बजारमा आईसकेको छ | यस्तै उनको र गीतकार कृष्ण आचार्यको सहकार्य पनि थुप्रै अरु गीतमा भईसकेको छ | कृष्ण आचार्य संगको उनको सहकार्यले निकै राम्रो गीत बजारमा प्रस्तुत भईसकेको छ | यो कृष्ण र हेमन्तको सहकार्यको अर्को उत्कृष्ट प्रस्तुति हो |

कृष्ण आचार्य उत्कृष्ट र सुन्दर शब्द लेखन गर्न सक्ने क्षेमताका कारण धेरै दर्शक श्रोताको माझमा परिचित बनिसकेका छन् | उनि पनि लामो समय देखि नै नेपाली गीत संगीत क्षेत्रमा लागिपरेका छन् | उनको उत्कृष्ट शब्दमा पनि धेरै गीतहरु तयार भईसकेको छ | गायक हेमन्त खड्काले आफुले यस गीतबाट निकै आशा लिएको बताएका छन् | यसकारण उनले सबै नेपाली दर्शक श्रोतालाई आफ्नो गीत सुनेर प्रतिक्रिया दिनुहुन पनि अपिल गरेका छन् |

हेर्नुस भिडियो :

Comments