दर्शक श्रोताको हौसलाको कारण कम समयमै संजय तामाङले रिलिज गरे दोस्रो गीत
screennepal
प्रकाशित: २०७५, ३० श्रावण बुधबार
no img

स्क्रिननेपाल डटकम :
गायक संजय तामाङको दोस्रो गीत रिलिज गरिएको छ | गीतको अडियो मात्र अहिले रिलिज गरिएको हो | यसको म्युजिक भिडियो भने केहि समय पछि सार्वजनिक गरिने उनले जानकारी दिएका छन् | उनको अहिले रिलिज “फक्रेको फुल झैँ जवानी” बोलको तामाङ सेलो गीतमा करण वाईबाको शब्द, युनिक दोङको संगीत र जोग लाल लामाको अरेन्ज रहेको छ | गीतलाई गायक संजय तामाङले आफ्नो सुमधुर स्वरमा सजाएका छन् |

गीतको अडियोले यति बेला राम्रै प्रशंसा पाईरहेको छ | गीतको म्युजिक भिडियोको अहिले छायांकनको तयारी भईरहेको गायक संजय तामाङले जानकारी दिएका छन् | यो म्युजिक भिडियोको छायांकन भने नेपालमा गरिने जानकारी प्राप्त भएको छ | गायक संजय तामाङले पहिलो डेब्यु गीतको म्युजिक भिडीयोको भने सम्पूर्ण छायांकन मलेसियामा गरिएको थियो | तर उनको पहिलो गीत र म्युजिक भिडियोले सोचे जस्तो सफलता हासिल गर्न सकेन | तर गायक संजय तामाङले भने हिम्मत नहारिकन निकै कम समयमा अर्को गीत तयार गरिहाले |

यो दोस्रो गीतबाट भने उनलाई निकै आश छ | गीत पनि राम्रो नै छ | धेरैलाई झुमाउने खालको जनरामा यो गीत तयार भएको छ | यहि अनुरुप म्युजिक भिडियो पनि राम्रै निर्माण हुने अनुमान हामी लगाउन सक्छौ | तर यसको नतिजा त म्युजिक भिडियो रिलिज पछि नै थाहा हुनेछ | तर म्युजिक भिडियो निर्माणमा कुनै पनि किसिमको कसर नछोड्ने गायक संजय तामाङले बताएका छन् | पहिलो गीतले केहि हद सम्म परिचय निर्माण गरिदिएको संजय तामाङको दोस्रो गीतले भने राम्रै भविष्यको निर्माण गर्ने देखिन्छ |

विदेशमा बसेर पनि उनले निकै मेहेनत यो क्षेत्रमा गरिरहेका छन् | उनको यो प्रयासले अवश्य पनि सफलता पाउने नै छ तर यसको निर्णय त दर्शक श्रोताले नै गर्नुहुनेछ | तर परदेशमा बसेर नेपाली सांगीतिक क्षेत्रको लागि यति संगर्ष गर्नु सानो कुरा भने होइन | उनको यो प्रयासको सांगीतिक क्षेत्रले नै सहि कदर गर्नु आवश्यक पनि छ | उनको प्रयासले धेरैलाई यो क्षेत्रमा प्रवेश गर्नको लागि प्रोत्साहन पनि दिएको छ | यसकारण पनि उनि एक उदहारण पात्रको रुपमा देखिएका छन् |

हेर्नुस गीतको अडियो :

Comments