खगेन्द्रले आफैँ छाडे | ‘गम्भीर नबनेपछि’ वर्षा सिवाकोटी आउट
screennepal
प्रकाशित: २०७५, २९ श्रावण मंगलवार
no img

काठमाडौं– फिल्म ‘गोपी’ फ्लोरमा जानै लाग्दा मुख्य कलाकार खगेन्द्र लामिछाने बाहिरिएका छन् । खगेन्द्र बाहिरिएसँगै अभिनेत्री वर्षा शिवाकोटी फिल्मबाट निकालिएकी छन् ।
पत्रकार दीपेन्द्र लामाको निर्देशन रहने फिल्म ३ भदौमा फ्लोरमा जाँदैछ । छायांकनकै मुखमा मुख्य कलाकार फेरबदल भएप्छि फिल्मको निर्माण टिमले राजधानीमा मंगलबार पत्रकार भेटघाट आयोजना गरेको छ । कार्यक्रममा फिल्मका निर्देशक लामाले अब ‘गोपी’मा लामिछाने र रिवाकोटी नरहेको जानकारी गराएका थिए ।
कार्यक्रममा निर्देशक लामाले भने, ‘सुरुमा गोपीको स्क्रिप्ट पढेर अनुबन्धित भएका अभिनेता खगेन्द्र लामिछानेले यतिबेला आएर स्क्रिप मन नपरेको भन्दै सिनेमामा नरहने बताए । सोही कारण अब यो फिल्ममा खगेन्द्र लामिछाने रहने छैनन् ।’ छायांकनको पूर्व सन्ध्यामा दुई कलाकार हटेपनि यसको छायांकन निर्धारित समयमै हुने निर्माण पक्षले जनाएको छ । निर्माता मणिकरणले फिल्मको छायांकन ३ भदौबाट काठमाडौंदेखि सुरु गर्ने बताए ।
अभिनेत्री शिवाकोटीलाई आउट गर्नुका कारणबारे फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले भने, ‘अभिनेत्री शिवाकोटी यो फिल्मका लागि गम्भीर भइनन् । सोही कारण शिवाकोटीलाई टिमबाट हटाउनु परेको हो ।’ उनले अभिनय कार्यशालामा पनि अभिनेत्री वर्षासिवाकोटी गम्भीर नभएको बताए ।
यो फिल्मका लेखेक तथा पत्रकार सामिप्यराज तिमिल्सिनाले पनि स्क्रिप्टप्रति अभिनेत्री वर्षा गम्भीर नभएको आरोप लगाए । फिल्ममा अभिनेत्री सुरक्षा पन्त यथावत छिन् भने लामाछिाने र सिवकोटीको रिप्लेसमा बिपिन कार्की र बर्षा वर्षा राउत रहने भएका छन् ।

 

 

Comments