‘मसला कटेज’लाई मसला हाल्दै धिरज र टिका
screennepal
प्रकाशित: २०७५, २८ श्रावण सोमबार
no img

नेपाली ‘माइकल ज्याक्सन’का रुपमा चिनिएका गायक धिरज राई र पछिल्लो समयकी हिट गायिका टिका प्रसाइँलगायत आधा दर्जन कलाकारले दर्शक नचाउने भएका छन् । यही २४ अगष्ट अर्थात ८ भदौमा हुने ‘फ्राइडे नाइट विथ कलाकार’ कार्यक्रममा यी कलाकार प्रस्तुत हुँदैछन् ।
टेकुस्थित काठमाडौं बिजनेश पार्कमा रहेको मसला कटेज एण्ड लञ्चबारमा आयोजना हुने ‘फ्राइडे नाइट विथ कलाकार’ नामक कार्यक्रम नेपाल मोडलिङ संघको सहकार्यमा मसला कटेजले गर्न लागेको हो । कार्यक्रममा गायक धिरज, टिकाका आलवा गुञ्जन श्रेष्ठ, उत्तम श्रेष्ठ, सरुना खत्रीलगायतका कलाकार रहेका छन् ।


लाइभ गीतसंगीतमा दर्शकलाई मनोरञ्जन गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको मसला कटेजका प्रबन्ध निर्देशक मिलेश रायले जानकारी दिए । ‘गीत ंँगीतसँगै दर्शकले कलाकारसँग पनि साक्षत्कार गर्न पाउने छन्’ रायले भने, ‘दर्शक र कलाकार नजिक गराउने कार्यक्रमको उद्देश्य हो ।’ गायिका टिकाको पछिल्लो गीत ‘माया लुकी लुकी’ हिट लिस्टमा रहेको छ ।

Comments