एकैपटक हजारलाई सम्मान !
screennepal
प्रकाशित: २०७५, २८ श्रावण सोमबार
no img

‘नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड–२०१८’ सिंगापुरमा हुने भएको छ । १८ असोजमा हुने सो अवार्डका लागि तयारी भइरहेको आयाजकले जनाएको छ ।
कार्यक्रम तयारीकै क्रममा गीतसंगीत क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान आयोजकले गरेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाको प्रमुख आथित्यतामा ‘नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड’का सहभागी गीतसंगीतका स्रष्टालाई सम्मान गरेको हो । कार्यक्रममा संगीतकार तथा रोयल्टी संकलन समाजका महासचिव महेश खड्का, संगीतकार संघका अध्यक्ष शान्तिराम राई, उपाध्यक्ष चेतन सापकोटा, सचिव बसन्त सापकोटालगायतको आतिथ्यतामा अवार्डमा सहभागी एक हजार बढी श्रष्टालाई सम्मान गरिएको छ ।
पहिलोपटक एकैथलोमा एक हजारभन्दा बढी स्रष्टाहरुलाई सम्मान गर्दै उनीहरुमा उत्साह र प्रोत्साहन थप्ने कामको थालनी गरेको अवार्ड संयोजक तथा आयोजक बक्स अफिस इन्टरनेशनलका अध्यक्ष रामबहादुर सुवेदी (आरके)ले बताए ।
नेपाली सांगीतिक बजार एक किसिमले सानो गाउँदेखि सहर हुँदै विदेशी भूमिमा समेत स्थापित भइसकेको छ । नेपाली गीत संगीत क्षेत्रमा लोकदोहोरी, आधुनिक र चलचित्रको गीतसंगीतलाई व्यवस्थित बनाउँने उद्देश्यले अवार्ड आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय भावना, धार्मिक, नेवारी र तीज गीतलाई समेत समेट्ने बताइएको छ ।

 

Comments