‘मिस नेपाल नर्थ अमेरिका–२०१८’ उपाधि मोनिकालाई
screennepal
प्रकाशित: २०७५, २७ श्रावण आईतवार
no img

विजय थापा
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा आयोजित प्रथम ‘नेपाल नर्थ अमेरिका–२०१८’ उपाधि मोनिका घलेले जितेकी छन् । आफ्ना १६ प्रतिस्पर्धीलाई पछि पार्दै मोनिकाले ताज आफ्नो शिरमा पारेकी हुन् । प्रतियोगितामा फस्ट रनरअप सुजाता लामा र सेकेन्ड रनरअप सिर्जना राई घोषित भएका छन् ।


११ अगस्ट शनिबार भएको अन्तिम प्रतिस्पर्धामा १७ बाट दोस्रो चरणमा १० जना पुगेका थिए । न्यूयोर्कस्थित प्रसिद्ध मेलरोज बलरुममा आयोजित कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरु मेक्सिको र क्यानडाबाट समेत सहभागिता प्रतिस्पर्धी सहभागी थिए ।
‘मिस नेपाल युनिभर्स’ नग्मा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा प्रतिस्पर्धीहरुलाई सन् २०१० कि ‘मिस नेपाल’ सदिक्षा श्रेष्ठले कोरियोग्राफी तथा ‘मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८’ तथा ‘मिस वुमेन न्युयोर्क–२०१७’ कि फतेना क्वासेमले तालिम दिएका थिए । प्रतियोगताको निर्णायकमा राजेन्द्र श्रेष्ठ, ईभन फोब्र्स, स्लेतभाना क्रामर, जोली अमात्य र फातिमा रूमा रहेका थिए ।


उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा आयोजित कार्यक्रममा मिस ट्यालेन्ट पुजा थापा, मिस कम्युनिटी आउटरिचमा अनुषा अधिकारी, मिस पपुलर श्वेता खडका, मिस फोटोजेनिक करुणा अधिकारी, मिस स्किन आकृति शाह, मिस स्माइलमा सिर्जना राई, मिस वेस्ट ड्रेस संयुक्ता पुरी, मिस पर्र्सनालिटी सनम थापा, मिस डिसिप्लिन श्रद्धा केसी, मिस क्याटवाक मोनिका घले, मिस फ्रेन्डसिपमा सुजाता लामा, मिस हेयर ज्योति गुरुङ र मिस राइजिग स्टार स्मृति लामिछाने भए ।

 

Comments