मैच्याङ : दिल खोलेर नाचे यी रियल जोडी (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २७ श्रावण आईतवार
no img

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले सुटुक्कै स्वयम्बर गरेको खबर आइरहेका बेला यी जोडी अभिनीत रोमान्टिक भिडियो ‘मैच्याङ’ सार्वजनिक भएको छ ।
गत असार अन्तिम ‘इन्गेजमेन्ट’ गरेकी आयुष्मान र प्रियंकाले यसै साता राजधानीको एक तारे होटलमा केही कलाकार र घरपरिवारको उपस्थितिमा स्वयम्बर गरेका छन् । नेपाली फिल्म क्षत्रेका यी हट जोडी अभिनीत पछिल्लो भिडियो ‘मैच्याङ’मा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर रहेको छ भने संगीत दीपक भट्टराईले गरेका छन् ।

होम न्यौपानेको शब्दरचना रहेको उक्त गीतलाई गोपाल रसाइलीले एरेञ्ज र प्रकाश केसीको मिक्स÷मास्टरिङ गरेका हुन् । डान्सिङ नम्बरको यस गीतको भिडियोमा आयुष्मान र प्रियंकाको जोडीले दिल खोलेर नाँचेका छन् । गीतलाई गायक गुरागाईँकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन छ । गीतकार न्यौपानेले गीतमा मैच्याङ बनेकी प्रियंकालाई फकाउन आयुष्मानले गरेको आग्रहलाई समेटिएको बताए ।

Comments