पत्रकार सबिताको ‘विरानो भो माइतीको आँगनी’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २६ श्रावण शनिबार
no img

पत्रकार तथा गीतकार सबिता पोखरेलको तीज गीत ‘विरानो भो माइतीको आँगनी’ सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ तथा बरिष्ठ गीतकार उन्नती शीला बोहरा, गायक शिव परियार, गीतकार संघ नेपालका उपाध्यक्ष भरत बमजनलगायतले गीत सार्वजनिक गरे ।
म्यूजिक खबरको आयोजना रहेका कार्यक्रममा बोल्दै चर्चित गायक परियारले तीज गीतले वास्तविकता बोकेको भन्दै गीतकार सबिता पोखरेललाई शुभकामना दिए । त्यस्तै, गीतकार संघका उपाध्यक्ष बमजनले म्यूजिक खबर पाक्षिकको सम्पादक समेत रहेकी गीतकार सविताको शब्द शैलीको प्रशंसा गरे ।
त्यस्तै गायिका एवं संगीतकार काव्य आचार्यले गीतकार सविताको शब्द मन परेकै कारण आफूले संगीत सिर्जना गरेको बताउँदै गीत सबैले मन पराइदिनु हुने आशा व्यक्त गरेकी छन् ।

कार्यक्रमकी प्रमुख अतिथि प्राज्ञ एवं गीतकार उन्नती शिला बोहराले माइती चेलीको वेदना मात्र नभएर पुराना दिनको सम्झनासमेत व्यक्त भएको बताउँदै गीतकार सविताको पहिलो सिर्जनाजस्तो नलागेको बताइन् ।
विरानो भो माइतीको आँगनी बोलको गीतमा विपिन आचार्यको एरेन्ज रहेको छ भने भिडियोलाई राजीव बलामीले निर्देशन गरेका हुन् । भिडियोमा रिना थापा मगर, रिना राउत र मेलिना ठकुरीले अभिनय गरेका छन् ।

Comments