उज्वलको ‘रातै छ चोली’ भन्दै विशाल र सुस्मिता (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २३ श्रावण बुधबार
no img

गायक तथा संगीतकार उज्वल थेबे लिम्बूको पछिल्लो गीत ‘रातै छ चोली’को भिडियो सार्वजनिक भएको छ । गीतको शीर्षक सुन्दा तीज गीतजस्तो लागेपनि ‘रातै छ चोली’ डान्सिङ लोक फ्लेवरको गीत हो ।
लामो समयदेखि नेपाली गीत संगीत क्षेत्रमा क्रियाशील रहेका उज्वलले यसपटक फरक स्वाद पस्कन डान्सिङ शैलीको गीत ल्याएको बताए । नेपाली चलचित्रहरुमा समेत संगीत गर्दै आएका उज्वलको सार्वजनिक भएको ‘रातै छ चोली’मा शब्द तथा संगीत पनि उनैको रहेको छ ।
‘रातै छ चोली’ गीतको भिडियोलाई राजेन्द्र थेबेले निर्माण गरेका हुन् । पेमा तामाङले निर्देशन गरेको उक्त गीतको भिडियोमा मोडल विशाल सेनेहाङ लिम्बू र सुस्मिता नाछिरिङ राईलाई फिचरिङ गरिएको छ । भिडियोमा विशाल र सुस्मिताको केमेस्ट्री जमेको छ । विशाल पछिल्लो समय मोडलिङ क्षेत्रमा चम्किँदै गरेका मोडल हुन् भने सुस्मिता पनि भिडियोमै व्यस्त हुँदै आएकी छन् । यस गीतले मोडलद्वयलाई थप चर्चामा ल्याउन सक्ने आँकलन गर्न सकिन्छ ।
भिडियो सार्वजनिक गरेपछि गायक तथा संगीतकार उज्वलले भने, ‘यस भिडियोका लागि निकै मिहिनेत गरेका छौँ । अवश्य दर्शक तथा श्रोताले रुचाउँछन् भन्ने लागेको छ ।’ हरेक दिन कुनै न कुनै गीतको भिडियो यु–ट्युबमा रिलिज भइरहेको अवस्थामा उज्वलले पनि यु–ट्यबमार्फत नै आफ्नो भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक यस भिडियोलाई हरी नारायणले खिचेका हुन् भने सम्पादन प्रदीप दाहाल प्रोडक्शनले गरेको हो ।

Comments