चार महिनाअघि बिहे गरेकी नेहा ‘आमा बन्दै’
screennepal
प्रकाशित: २०७५, २२ श्रावण मंगलवार
no img

बलिउड अभिनेत्री नेहा धूपिया चाँडै आमा बन्नेवाला छिन् । नेहाले करिब चार महिनाअघि अर्थात १० मेमा अंगद बेदीसँग सुटुक्कै विवाह गरेकी थिइन् ।
सुटुक्कै विवाह गरेर सबैलाई अचम्म पारेकी नेहा अहिले ‘प्रेग्नेन्ट’ रहेको खबर सार्वजनकि भएको छ । अंगद र नेहाले दिल्लीस्थित गुरुद्वारामा विवाह गरेका थिए ।
भारतीय मिडियाका अनुसार नेहा प्रेग्नेन्सी भएकै कारण हतारमा उनीहरुले विवाह गरेका हुन् । नेहाका परिवारले भने ‘प्रेग्नेन्सी’ हल्लामात्र भएको बताएका छन् । तर, एक रिपोर्टका अनुसार ‘नेहा र अंगदले उक्त खबरलाई चाँडै पुष्टि गर्दैछन् ।’
नेहा ‘प्रेग्नेन्ट’ रहेको खबर त्यतिकै बाहिएरको होइन । विवाहलगत्तै नेहा मिडिया समक्ष प्रस्तुत हुँदा ‘आउटफिट’ हेभी देखिएको थियो । उनले ड्रेसेस समेत त्यस्तै खालको पहिरिएकी थिइन् । स्मरणीय के भने अंगद र नेहा पछिल्लो १५ वर्षयता एक–अर्कालाई नजिकबाट जान्दछन् । उनीहरु पहिलेदेखि साथी थिए ।


एक अन्र्तवार्तामा अंगदले भनेका छन्, ‘जब मैले विवाहका बारेमा अविभावकसँग बताएँ, उनीहरुले अघि वा पछि जहिले गरेपनि कुरा एउटै हो भने । र, हामी दुवैजना फ्रि भएकाले चाँडै विवाह गरेका हौँ ।’
नेहाले अगंदले आफूलाई चार वर्षअघि नै विवाहको प्रस्ताव राखेको बताउँदै त्यो समयमा इन्कार गरेको बताइन् । नेहाले भनेकी छन्, ‘अंगदले मलाई थुप्रै तरिकाले प्रपोज गरे । अन्त्यमा सिधै मेरो आमा–बाबासँग कुरा गरे । उनी मसँग कहिल्यै डेटिङ गएनन् । मलाई अहिले पनि लाग्छ, म उनको साथी हुँ कि पत्नी । हामी एक अर्कालाई चिनेदेखि नै एकदमै राम्रो साथी थियौँ ।’

Comments