यतै घमाइलो : गीता लेख्ने, सारिका गाउने र अरुलाई….! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २२ श्रावण मंगलवार
no img

फिल्म पत्रकार गीता अधिकारीले बरिष्ठदेखि कनिष्ठसम्मका हिरोइनहरुलाई नचाएकी छन् । सम्भवतः ती हिरोइनहरु एउटै गीतमा नाचेको यो पहिलोपटक हुनसक्छ ।
तीजलाई लक्षित गीताले ‘यतै घमाइलो उतै घमाइलो’ बोलको गीत सार्वजनिक गरेकी छन् । उक्त गीतमा गीताको शब्दरचना रहेको छ । नेपाली मौलिकता बोकेको उक्त तीज गीतमा चैत्यदेवी, भुवन चन्द, बसुन्धरा भुसाल, रुपा राना, सारिका घिमिरे जस्ता पहिलो पुस्तादेखि पछिल्लो पुस्ताका हिरोइनहरुले कम्मर मर्काएका छन् ।


राजधानीमा एक कार्यक्रमबीच ‘यतै घमाइलो उतै घमाइलो’ भिडियो सार्वजनिक गरिएको हो । उक्त गीतको भिडियोलाई पुर्वसभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा घर्तीले गीतको तारिफ गर्दै सबै महिलाकाहरुको नेतृत्व गर्दै जागरण सम्बन्धि सन्देश मुलक तीज गीत ल्याएको बताइन । त्यस्तै नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम विडारी, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष शान्तिप्रिय, बरिष्ठ कलाकार मोहन निरौला, लय संग्रौला, उत्तम केसी, सङ्गीतकार राजु सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा गीतकार गीताले आफूले पहिला पनि गीत, कविता लेख्दै आएको भए पनि आफ्नो यो पहिलो तीज गीत भएको बताइन् । सारिका घिमिरेको स्वरमा रहेको गीतमा दीपक शर्माको संगीत, सुदिप सागरको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् ।

Comments