‘मोडल हन्ट’ ५० जना छानिए
screennepal
प्रकाशित: २०७५, २० श्रावण आईतवार
no img

‘मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी छानिएका छन् । राजधानीको सोल्टीक्राउन प्लाजामा आयोजित छनाट चरणको अडिसबाट २५ युवा र २५ युवती अन्तिम चरणको अडिसनका लागि छानिएका हुन् ।
अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाई सुवाल, अभिनेत्री, मोडल सिर्जना रेग्मी, कोरियोग्राफर रोजिन शाक्य, गतबर्षको उपाधि बिजेता बिक्रम आदित्य महासेठ, फस्ट रनरअप सिम्रन खड्कालगायत छनोट चरणको निर्णायक रहेका थिए ।


युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् ।
अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज प्रस्तुती पब्लिक स्पिकिङलगायत विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । प्रतियोगीताको काठमाडौपछि पोखरा, नारायघाट, बुटवल, धरान, चितवन हुँदै पुन काठमाडौमा अडिसन हुने जनाइएको छ ।


भदौको अन्तिम साता सोल्टी क्राउन प्लाजमा अन्मिस्पर्धा आयोजना हुने चर्चित फेसन डिजाइनर र नयाँ डिजाइनलाई पनि अवसर प्रधान गरिने यो मोडलिङ सम्बन्धि एकमात्र उत्कृष्ट प्रतियोगिता भएको आयोजकको दावी छ ।

Comments