ऋतिकाको तीजलाई ‘जिमखानाको केटा’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, २० श्रावण आईतवार
no img

हरितालिका तीज नजिकिँदै गर्दा गायिका तथा मोडल ऋतिका जिरेल ‘जिमखानाको केटा’ लिएर आएकी छन् । नेपाली महिलाहरुको पर्व तीजलाई लक्षित गर्दै ऋतिकाले ‘जिमखानाको केटा’ बोलको गीत तथा भिडियो ल्याएकी हुन् ।
सार्वजनिक गीतमा अस्मिता नापितको शब्द तथा ऋतिकाकै संगीतमा रहेको छ । सविन पोखरेलले निर्देशन गरेको उक्त तीज गीतको भिडियोमा सोम लामख, प्रिया जोशी, रोशन लामा, सुजन ढकाल, दिनेश डाँगी र रविना भट्टराईलगायतको अभिनय रहेको छ । हरितालिका तीजलाई नयाँ गीत पस्किँदै गायिका ऋतिकाले भने, ‘युवापुस्तालाई लक्षित गर्दै समय सापेक्षित यो गीत ल्याएकी हुँ ।’ उनले केही समयअघि मात्र एक डान्सिङ बीटको गीत रलिज गरेकी थिइन् । उक्त गीतमार्फत दर्शक श्रोताको राम्रो प्रतिक्रियापछि हौसिएकी ऋतिकाले आफ्नो यो तीज गीतबाट पनि अपेक्षित छिन् ।

Comments