सेड्रिना र अनुभवको बालापनको प्रेम ? (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २० श्रावण आईतवार
no img

नेपाली फिल्म ‘नाईं नभन्नू ल–५’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बालापनको उमेर शीर्षकको गीतमा बसन्त सापकोटाको संगीत र समीक्षा अधिकारीको स्वर रहेको छ ।
ऋाफ्ना हरेक फिल्मबाट कलाकार तथा गायक गायिकालाई अवसर दिँदै आएका निर्देशक विकास आचार्यले यो गीतबाट समीक्षा अधिकारीलाई मौका दिएका हुन् । छक्का पञ्जा ३ को सुटिङको समयमा स्कुलको कार्यक्रममा समीक्षालाई नाईं नभन्नू ल कै गीत गाइरहेको फिल्मका छायांकार पुरुषोत्तम प्रधान र मुख्य सहायक निर्देशक सुदिप कुँवरले भेटेपछि दुवैले समीक्षालाई फेसबुकमा लाइभ गीत गाउन लगाएका थिए । नयाँ गीत रेकर्डको क्रममा बाल आवाजको खोजी भइरहेको समयमा समीक्षाको आवाज सुनेपछि संगीतकार बसन्त सापकोटा र निर्देशक आचार्यले समीक्षालाई पोखराबाट झिकाइ गीत रेकर्ड गराएका थिए ।
ऋनुभव र सेड्रिनाले नृत्य गरेको गीतलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । निरुता सिंह, दिलिप रायमाझी, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ, अभिषेक नेपाल आदिको अभिनय रहेको फिल्म भदौ ८ मा प्रदर्शन हुँदैछ । गीतको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् भने सम्पादन अर्जुन जिसीको रहेको छ ।

Comments