रमेशको शब्दमा शिलासले भरे स्वर संगीत, सकियो “आराधनाको योग्य” को रेकर्डिङ
screennepal
प्रकाशित: २०७५, १९ श्रावण शनिबार
no img

स्क्रीननेपाल डटकम :
मलेसियामा रहेर ५ जना युवाको सहकार्यमा सुरु भएको P.J.P STEPS ग्रुपको कामको सुरुवात भएको छ | हो दर्शकबिन यो ग्रुपले निकै जोडतोडले आफ्नो नया नया काम बाहिर लिएर आउने तयारी गरेको छ | यहि अनुरुप P.J.P STEPS को सहकार्य मेलका नेपाली संगतिको प्रस्तुति “अमुल्य धन” नामक ख्रीष्ट्रीय एल्बममा समावेश “आराधनाको योग्य” बोलको पहिलो गीतको रेकर्डिङ कार्य सकिएको हो | क्रिस्चियन धर्म संग सम्बन्धित राखेर यो एल्बम तयार भईरहेको छ भने पहिलो गीत पनि त्यहि कुरा संग नै मेल खाएको छ |

फरक धारको यस गीतमा रमेश देवकोटाको शब्द र शिलास राईको संगीत र स्वर समावेश रहेको छ | यी २ व्यक्ति नै P.J.P STEPS ग्रुपका सदस्य हुन् | “अमुल्य धन” नामक एल्बममा ७ वटा गीत समावेश रहेको छ | अरु गीतहरुको पनि अब छिट्टै नै रेकर्डिङ कार्य सुरु हुने P.J.P STEPS ग्रुपका प्रमुख तथा गीतकार रमेश देवकोटाले जानकारी दिएका छन् | यो गीतले अहिले यस गीतको रेकर्डिङको प्रोमो पनि रिलिज गरेको छ | प्रोमो २६ सेकेन्डको रहेको छ |

P.J.P STEPS ग्रुपको यो पहिलो प्रयास हो | यो ग्रुपले आउँदो क्रिसमसमा एल्बम रिलिज गर्ने हिसाबले नै अहिले काममा जुटिरहेको छ | सुरूवात एक धर्म संग सम्बन्धित रहेर गरेता पनि आगामी दिन अरु धारको गीत संगीत पनि बजारमा लिएर आउने यस ग्रुपका प्रमुख तथा गीतकार रमेश देवकोटाले बताएका छन् | अरु भन्दा केहि फरक गर्ने हिसाबले नै आफुहरु लागिपरेको उनको भनाई रहेको छ | ५ जना प्रतिभावान युवाहरुको यो प्रयास के कति सफल हुने हो त्यो भने समयले नै बताउने छ तर अवश्य पनि नेपाली सांगीतिक क्षेत्रमा यो नौलो प्रयास नै हुन सक्छ |

हेर्नुस प्रोमो :

Comments