‘बेहुली शृंगार’मा लक्ष्मी सर्वोत्कृष्ट | Screennepal

‘बेहुली शृंगार’मा लक्ष्मी सर्वोत्कृष्ट

२३ प्रतिस्पर्धीलाई पछि पार्दै ‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ (बेहुली शृंगार प्रतियोगिता)को उपाधि चितवनकी मेकअप आर्टिस्ट लक्ष्मी पौडेल पोखरेलले जितेकी छन् ।
काठमाडौंमा आयोजित प्रतियोगितामा लक्ष्मीले उत्कृष्ट भएबापत ११ हजार १११ रुपैयाँसहित क्राउन र विभिन्न उपहार प्राप्त गरेकी छन् ।
यस्तै, महाराजगञ्ज काठमाडौंकी मेकअप आर्टिस्ट शोभा श्रेष्ठ फस्ट रनरअप हुँदै ६ हजार ६६६ रुपैयाँ र कालिमाटी काठमाडौंकी शोभा बस्नेत सेकेन्ड रनरअप भएर ४ हजार ४४४ रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन् ।
ब्युटी न्युज नेपालको प्रस्तुति रहेको उक्तप्रतियोगिताको निर्णायकमा बरिष्ठ ब्युटिसियनद्वय डा. राजश्री श्रेष्ठ, अग्रज व्युटिसियन रश्मिला श्रेष्ठ, नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष रञ्जित पौडेल, नेचर इसेन्स÷करल इसेन्सका कन्ट्री निर्देशक रमेश उप्रेती र अग्रज मेकअप आर्टिस्ट श्याम बराल थिए ।
मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एकदिवसीय प्रतियोगिता गरिएको हो ।
कार्यक्रममा बोल्दै ब्युटिसियन डा. राजश्री श्रेष्ठले आजकाल बेहुली पनि शृंगारमा राम्रो हुनुपर्ने प्रचलन बढेकाले यस्ता प्रतियोगिताले ब्युटिसियनलाई बेहुली शृंगारमा दक्ष र सफल बनाउन मद्दत पु¥याउने बताइन् ।
आयोजक सुमित्रा रञ्जितकारले कार्यक्रममा बेहुली शृंगार निकै जटिल कार्य भएको र आजकाल बेहुली शृंगारको पनि प्रतिस्पर्धा बढ्न थालेकाले मेकअप आर्टिस्टलाई अझ दक्ष बनाउन ब्राइडल मेकअक प्रतियोगिता गरिएको बताइन् ।
आयोजकमध्येकी सोनी कारञ्जितले प्रतियोगीहरु सबैले राम्रो काम गरेको र यसले ब्राइडल मेकअप अझ कसरी राम्रो गर्ने भन्ने अनुभव मेकअप आर्टिस्टलाई गराएको बताइन् ।
सोही कार्यक्रममा नेचर इसेन्स÷करल इसेन्सका कन्ट्री निर्देशक रमेश उप्रेती, वर्षको उत्कृष्ट कस्मेटिक व्यवसायी मच्छिन्द्र खकुरेल, अस्थाबेरी लिमिटेड मुम्बई तथा डेल्टा मार्केटिङका नेपाल प्रबन्धक हेमन्त नेरुलालाई कस्मेटिक क्षेत्रमा उल्लेख योगदान सम्मानबाट सम्मानित गरियो । ब्युटिसयन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै अग्रज ब्युटिसियन सफलता थापा ब्युटिसियन योगदान सम्मान र १५ वर्षदेखि नाइहरुसँगै पौठेजोरी गर्दै पुरुषको कपाल दारी काट्दै आएकी ब्युटिसियन देबीमाया दाहाल (दीपा)लाई ब्युटिसियन फरक योगदान सम्मानबाट सम्मानित गरियो ।
यो प्रतियोगिता ब्युटी सेक्रेट ब्युटी सलुन खिचापोखरी, रोज सिप विकास तामिल केन्द्र रवि भवन, रविना ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर पेप्सीकोला, कलंकी ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कलंकी, ओम शान्ति ब्युटी सलुन सल्लाघारी र विक्षण क्रिएसनले यो प्रतियोगिताको आयोजना गरेको हो ।

 



Facebook Comment