सुनिताको दमदार ‘तीज भनेकै नाच्न गाउन हो’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १६ श्रावण बुधबार
no img

‘तीज क्वीन’का रुपमा परिचित गायिका सुनिता दुलालले यसपालीको तीजलाई पनि नयाँ गीत लिएर आएकी छन् । ‘तीजका गीतमा नेपाली मौलिकता झल्किनुपर्छ’ भन्ने मान्यता राख्दै आएकी सुनिताले करिब एक दशकयता निरन्तर प्रत्येक तीजमा नयाँ गीत पस्किँदै आएकी छन् । यसैक्रममा सुनिताले यसपाली ‘तीज भनेकै नाच्न गाउन हो’ बोलको गीत तथा भिडियो ल्याएकी छन् ।
सुनिताको सार्वजनिक गीतमा नेपाली नारीहरुको महान पर्व मानिने तीजको मौकिलता झल्किएको छ अर्थात तीजको सुगन्ध मिश्रित छ । यस गीतलाई उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

रमेश बिजीको शब्द संकलन तथा बीबी अनुरागीले संगीत रहेको यस गीतको भिडियोमा गायिका सुनिता आफैले कम्मर मर्काएकी छन् । उनको कम्मर मकाई कुनै ख्याती प्राप्त मोडलको भन्दा कम छैन । ‘सुन्दर गायिका’को रुपमा समेत चिनिँदै आएकी सुनिताले यसपटक आफ्नो तीज गीतमा नयाँपन ल्याउन निर्देशक समेत परिवर्तन गरेकी छन् । यसअघि उनी प्राय एउटै व्यक्तीसँग आफ्नो तीज गीतको भिडियो बनाउँदै आएकी थिइन् ।
‘तीज भनेकै नाच्न गाउन हो’ गीतको भिडियोमा मधुर बस्नेतको सिनेमाटोग्राफी, निशान घिमिरको सम्पादन र निर्देशन कमल राईले गरेका छन् । गीत सार्वजनिक गरेपछि सुनिताले भनिन्, ‘विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि मैले नेपाली भाकामा नेपाली कला संस्कृतिको झल्को दिने गीत लिएर आएकी छु ।’ उनले नेपाली कला संस्कृतिलाई नै चुनौती दिने खालका उच्श्रृखल गीत आइरहेका बेला आफूले मौकिता झल्किने गीत ल्याएको बताइन् ।

Comments