नविन के. भट्टराईको ‘अनिँदो भै रातमा’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, १५ श्रावण मंगलवार
no img

लोकप्रिय गायक नबिन के. भट्टराई आफ्नो गीतिसंग्रह ‘एनकेबी’को दोश्रो गीतको भिडियो लिएर दर्शक तथा श्रोतासमक्ष आएका छन् । ‘अनिँदो भै रातमा’ बोलको उक्त गीतको भिडियोलाई उनले यु–ट्युब तथा विभिन्न टेलिभिजनमार्फत सार्वजनिक गरेका हुन् ।
उक्त गीतको शब्द नबिना भट्टराईले लेखेकी हुन् भने संगीत नबिन आफैले दिएका छन् । गीतको संगीत संयोजन इमानबिक्रम शाहले गरेका छन् । उक्त गीति संग्रहलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।
उक्त गीतको भिडियोलाई अमेरिकाको विभिन्न रमणीय ठाउँहरुमा खिचिएको हो । गीतमा नवकलाकार दिपेश भण्डारी तथा रोजा खड्गीको अभिनय रहेको छ । गीतको छायांकन, सम्पादन तथा निर्देशन अनुप गिरीले गरेका हुन् ।

Comments