आयो सुष्माको ‘माया पीरती’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, १४ श्रावण सोमबार
no img

काठमाडौं । नवोदित गायिका सुष्मा तामाङले गाएको पहिलो गीत ‘माया पिरती लाउन’ बोलको भिडियो सार्वजनिक भएको छ । हालै राजधानीमा एक कार्यक्रमबीच भिडियोे युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।
गायिका सुष्माकै शब्द रहेको सो गीतमा सन्तोष सुब्बाको संगीत छ । दिलिप ओखेडाले निर्देशन गरेको भिडियोमा गायिका सुस्मा स्वयम् र निर्देशक दीलिपलाई फिचरिङ गरिएको छ । रामेश्वर कार्कीले खिचेको भिडियोको निर्माता पेमा तामाङ हुन् । १० कक्षामा अध्ययनरत गायिका सुष्मा आफूलाई सानैदेखि गायिका बन्ने चाहना भएकाले अहिले आएर पहिलो गीत सार्वजनिक भएको बताइन् ।
भिडियो प्रिमियर कार्यक्रमका प्रमुख अतिथि चलचित्र निर्देशक ऋषि लामिछानेले सुष्माको गायन कलाको तारिफ गरे । उनले सुष्मा जस्ता नवप्रतिभाले नेपाली गीतसंगीतको क्षेत्रलाई अझ उचाइमा पु-याउने विश्वास ब्यक्त गरेका थिए ।
बलिउड मोसन डान्स फिल्म प्रालिको प्रस्तुति रहेको भिडियोलाई गीतको भावअनुसार सुन्दर बनाउने प्रयास गरिएको निर्देशक तथा मोडल दिलिपले बताए । गायिका सुष्मा स्रोतादर्शकले आफ्नो गीत तथा भिडियो मन पराइरहेकामा हर्षित छिन् ।

Comments