ललितपुरकी सीमाले जितिन् उपाधिसँगै स्कुटर
screennepal
प्रकाशित: २०७५, १३ श्रावण आईतवार
no img

‘मिसेस नेपाल आइकन–२०१८’को उपाधि ललितपुरकी सीमा भुर्तेलले जितेकी छन् । एएनपी मिडिया हाउसद्वारा राजधानीमा आयोजित कार्यक्रममा सीमाले उपाधिसँगै पुरस्कारस्वरुप स्कुटर पाएकी छन् ।उनले मिसेस फोटोजेनिक र मष्ट ट्यालेन्ट उपउपाधि पनि पाएकी छन् ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितमा सरु अर्याल फष्ट रनर्सअपका साथमा फेशन आइकन र मष्ट डिजरभिङ, अम्बिका थापा सेकेन्ड रनर्सअपका साथ बेष्ट स्पिच, दया शार्मा थर्ड रनर्सअपका साथ मिसेस कन्जिनियालिटी तथा प्रिया कार्की फोर्थ रनर्सअपका साथ मष्ट पपुलर र मष्ट फ्रेण्ड्ली भएका छन् ।
कार्यक्रममा गायक अनन्द कार्की, अधिवक्ता तथा अभिनेता कृष्ण ढुंगान, नेपाल लायन्स क्लबकी प्रथम महिला गर्भनर सुष्मा शर्मा, डा. शान्ता सापकोटा, पुर्ण लामा र हिसानका अक्ष्यक्ष युवराज शर्मा निर्णायक रहेका थिए ।
गृिहणी, पेशाकर्मी तथा विभिन्न व्यवसायमा संलग्न तथा कलेजमा अध्ययनरत बिबाहित नारीको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि हरेक वर्ष यो कार्यक्रम आयोजना गरिँदै आएको एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादर कार्कीले बताए । उनका अनुसार यस वर्षदेखि विजयी प्रतियोगीलाई स्कुटर पुरस्कारको ब्यबस्था गरिएको हो ।

Comments