दर्शक माझ यस्तो रुपमा आउदै मोडल पदम लामा, कल्पना गुरुङ संग प्रेममा डुब्दै
screennepal
प्रकाशित: २०७५, १३ श्रावण आईतवार
no img

स्क्रिननेपाल डटकम :
अहिले एक पछि अर्को म्युजिक भिडियोमा अभिनयमा ब्यस्त रहेका छन् मोडल पदम लामा | उनि केहि समय अलिक सुस्ताएको जस्तो अनुभूति दर्शकहरुलाई भएको थियो | तर उनि केहि समयको अन्तराल पछि अहिले निरन्तर नै काममा फर्किएका छन् | उनको अहिले नया म्युजिक भिडियोको छायांकन धमाधम भईरहेको छ | केहि दिन अगाडी मात्र उनको अभिनय रहेको रोमान्टिक जनराको एउटा गीतको छायांकन मलेसियामा सकिएको छ | यस म्युजिक भिडियोमा उनले कल्पना गुरुङ संग रोमान्स गरेको देख्न सकिन्छ | छायांकनको केहि तस्बिरहरु समेत अहिले सार्वजनिक भएको छ | तस्बिर अनुसार भिडियो निकै रंगिन बनेको सजिलै अनुमान लगाउन सकिन्छ |

यस बिषयमा बोल्दै मोडल पदम लामाले पक्कै पनि यो म्युजिक भिडियो कलरफुल नै बनेको बताएका छन् | आफुले अहिले सम्म गरेको म्युजिक भिडियो भन्दा केहि हदले अलिक फरक यो भिडियो बनेको उनको दाबी रहेको छ | हुन त उनले फरक फरक म्युजिक भिडियोमा काम गरेको अनुभव बटुलिसकेका छन् तर उनि यसमा अरु भन्दा केहि नयापन छ भन्दै गर्दा दर्शकहरुको लागि भने अवश्य पनि चासो बिषय हुन सक्छ | यस म्युजिक भिडियोको गीतमा योग्ज्योती क्न्याशीको शब्द निम संगीतको संगीत र गगन सरगम र अन्जना गुरुङको सुमधुर स्वर समावेश रहेको छ | गीत आफैमा पनि निकै सुमधुर रहेको र यसको शब्द संगीतले धेरै मन छुने विश्वास पनि मोडल पदम लामाले ब्यक्त गरेका छन् |

यस्तै यस भिडियोमा सुन्दर लावतीको छायांकन र निर्देशन रहेको छ | निर्माण पक्षले भिडियोमा गीतको भावलाई निकै राम्रो संग पेश गर्न खोजेको देखिन्छ | धेरै लामो समय देखि म्युजिक भिडियो अभिनयमा निकै सक्रिय भएर लागिपरेका मोडल पदम लामाको अहिले छुट्टै परिचय निर्माण भईसकेको छ | दर्शकहरुले आफुलाई दिएको माया र सम्मानको लागि उनले सबै धन्यवाद समेत दिएका छन् | उनले आफ्नो यस नया भिडियो निर्माणमा साथ दिनुभएकोमा एन.बि अन्जन, सुरेश लामा र मिन तामाङलाई धेरै धन्यवाद ज्ञापन गरेका छन् | सरसर्ती हेर्ने हो भने पहिले र अहिलेको समयमा मोडल पदम लामाको अभिनयमा पनि धेरै सुधार र निखारता आएको देखिन्छ | दर्शकहरुले दिनुभएको प्रतिक्रियालाई उनले उपयोग गरेर अगाडी बढेको प्रष्ट देखिन्छ |

म्युजिक भिडियो रिलिजको बारेमा अहिले नै कुनै आधिकारिक जानकारी भने आएको छैन | तर मोडल पदम लामाको अनुसार अबको केहि समयमा नै सके सम्म छिटो यो गीत रिलिज हुनेछ | यो म्युजिक भिडियो अवश्य पनि उनको लागि महत्वोपूर्ण रहेको छ | एक पछि अर्को म्युजिक भिडियो मार्फत आफ्नो अभिनय बाहिर प्रस्तुत गरिसकेका उनि दर्शकहरुबाट केहि समय टाढा बसेका थिए | यसकारण दर्शकहरुले अब भने उनिबाट केहि उत्कृष्ट प्रस्तुति नै आश गरेको प्रष्ट छ | यसको पूर्ति गर्न भने पदम लामा कति सक्षम भएर आउदैछन् त्यो त यो म्युजिक भिडियो रिलिज भए पछि मात्रै थाहा हुनेछ | तर उनले भने आफुले निकै परिश्रम गरेर यस भिडियोमा काम गरेको र अवश्य पनि दर्शकहरुको मन खुशी हुने उल्लेख गरेका छन् |

Comments