खालखालका ‘मिस ग्राण्ड इन्टरनेशनल’ प्रतियोगी (फोटोफिचर)
screennepal
प्रकाशित: २०७५, १३ श्रावण आईतवार
no img

‘मिस ग्रान्ड इन्टरनेशनल नेपाल–२०१८’ का प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाएका छन् । राजधानीमा आयोजित ‘ट्यालेन्ट राउण्ड’अन्र्तगत उनीहरुले कला प्रस्तुत गरेका हुन् ।
‘मिस ग्राण्ड इन्टरनेशनल’ उपाधि जित्न यतिखेर १० जना सुन्दरी प्रतिस्पर्धा गर्दैछन् । उनीहरुले ‘ट्यालेन्ट राउण्ड’मा नृत्य, अभिनय, गायनलगायतका कला देखाएका थिए ।


आरके इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजित यस प्रतियोगितामा सहभागीहरुलाई करिब एक महिना यता विभिन्न व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण गरिँदै आएको छ ।
यसैक्रममा उनीहरुले आफूमा लुकेको प्रतिभा प्रस्तुत गरेका हुन् । ‘ट्यालेन्ट राउण्ड’का निर्णायकमा ड्रेस डिजाइनर उत्तम बनेपाली, नृत्य निर्देशक राजिव श्रेष्ठ, संगीतकार तथा पत्रकार सरोज प्याकुरेल, नायक श्रीदेव भट्टराई, गीतकार भरत बोम्जन, पूर्वमिस ग्रान्ड नेपाल जेनस लामालगायत रहेका थिए ।


‘मिस ग्रान्ड इन्टरनेशनल नेपाल’ को यस संस्करणमा काठमाडौं, पोखरा, नवलपरासी, चितवन, धरानलागायतका प्रतियोगी सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष राम केसीले बताए ।


प्रतियोगितामा शीर्ष विजेतालाई नगद एक लाख, सुजुकी स्कुटर, मोबाइल फोनलगायतका पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, उसले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गरिने जनाइएको छ । प्रतियोगीताको अन्तिम फाइनल १९ साउनमा राजधानीमा हुँदैछ ।

Comments