पोर्चुगलमा ‘सिसेक्पा तङ्नाम’ मनाइँदै
screennepal
प्रकाशित: २०७५, ९ श्रावण बुधबार
no img

किरात याक्थुङ चुम्लुङ पोर्चुगलले आफ्नो तेस्रो वार्षिकोत्सवसँगै ‘सिसेक्पा तङ्नाम’ मनाउने भएको छ । चुम्लुङ पोर्चुगलका अध्यक्ष रिपुजंग निङलेखुका अनुसार यही २९ जुलाईमा भव्य कार्यक्रमबीच लिम्बू समुदायको विशेष पर्व ‘सिसेक्पा तङ्नाम’ मनाउन लागेको हो ।
चुम्लुङले आफ्नो स्थापना भएदेखि पोर्चुगलमा ‘सिसेक्पा तङ्नाम’ साउने सक्रान्तिलगायत लिम्बू कला र संस्कृति उजागर गर्ने पर्वहरु मनाउँदै आएको अध्यक्ष रिपुले बताए । उनका अनुसार पोर्चुगलको राजधानी लिस्बोनमा २९ जुलाईमा ‘सिसेक्पा तङ्नाम’ मनाउने तयारी भएको छ ।
अध्यक्ष रिपुका अनुसार चुम्लुङले त्यहाँ संस्था स्थापना गरेसँगै लिम्बु समुदायलाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । चुम्लुङ स्थापनासँगै पोर्चुगलमा विभिन्न गतिविधिहरु गर्दै आएको पनि अध्यक्ष रिपुले बताए ।
कार्यक्रममा लिम्बू कला र संस्कृति झल्काउने च्याब्रुङनाच, धान नाचलगायत स्थानीय कलाकारको समेत प्रस्तुती रहने पोर्चुगल चुम्लुुङकी सचिव दीपा लिम्बुले बताइन् । कार्यक्रममा लिम्बू जातीको परम्परगत खानाको स्टलहरु समेत राखिने जनाइएको छ ।
अधिवेशनले वर्तमान कार्यसमिति भंग गरि नयाँ कार्यसमिति चयन गर्नेछ । पोर्चुगलको लिस्बोनमा थोरैको संख्यामा रहेका लिम्बू समुदायलाई संस्थागत गर्न रिपुजंगलगायतको पहलमा करिब ६ वर्षअघि चुम्लुङ गठन भएको थियो ।

Comments