१९ वर्षपछि राजले ल्याए गीतमा पत्नी पीडा (गीतसहित)
screennepal
प्रकाशित: २०७५, ६ श्रावण आईतवार
no img

गीतकार राजबाबु श्रेष्ठ ‘सागर’ले १९ वर्षअघि श्रीमति गुमाउँदाको पीडा गीतमा उतारेका छन् । हालै उनले एक गीत सार्वजनिक गरेका छन् । जसलाई आफ्नो जीवनको वास्तविक घटनामा आधारित भनेका छन् ।
‘तिमी मरेर गयौ’ बोलको गीतमा राजबाबुको पत्नी गुमाउँदाको पीडा मिश्रित छ । जुन गीतलाई नेपाल आइडलको सिजन एक सहभागीपछि चर्चामा आएकी दृष्टिविहीन गायिका मेनुका पौडेलले गाएकी छन् ।

गीतकार राजबाबुले १९ बर्षअघि आफ्नी श्रीमती गुमाएका थिए । सोही घटनालाई लिएर उनले गीत लेखेका थिए । उनका अनुसार उक्त गीत निकै अगाडि लेखेका हुन् । तर रेकर्डिङ गर्ने र बजारमा ल्याउने काम भने भर्खरै भएको छ ।
गीतकार राजबाबुका मार्मिक शब्दमा संगीतकार सागर अधिकारी ‘शरद’ले सांगितिक मिठास दिएका छन् । यस गीतमा बिबी अनुरागीको संगीत संयोजन रहेको छ ।
‘नेपाल आइडल’ मा सहभागीपछि सबैको मन जित्न सफल मेनुकाले यस गीतलाई भावमा गाएकी छन् । जसले चर्चा पाउने निश्चित छ ।

Comments