जन्मदिनमा ४५ जना बालबालिकासँग सुसनको सेलेब्रेसन !
screennepal
प्रकाशित: २०७५, ५ श्रावण शनिबार
no img

अधिकांश सेलिब्रेटीले आफ्नो जन्मदिनलाई विशेष मनाउन कक्टेल पार्टीसहित तामझाम गर्छन् । जसलाई उनीहरुले ‘आफ्ना हैसियत’का रुपमा लिन्छन् । तर, सबै सेलिब्रेटी त्यस्ता पनि छैनन् । आफ्नो जन्मदिनमा समाजसेवा गरौँ भन्ने कलाकार पनि छन् यहाँ । तीमध्येका हुन् गायक सुसन साम्सोहाङ लिम्बू ।
गायक सुसन आफ्नो जन्मदिनको अवसर पारेर शुक्रबार चोभारस्थित एभेरेष्ट फाउण्डेशन पुगे । जहाँ आश्रित ४५ जना अनाथ बालबालिकामाझ उनले आफ्नो जन्मिदिनको केक काटे । आफूहरुले सुनिरहेका गायकलाई आँखै अगाडि पाउँदा ती बालबालिका फुरंग नहुने कुरै भएन । तैमाथि जन्मदिनकै अवसरमा आफ्नै अगाडि पाएका थिए । ती अनाथ बालबालिकाहरुले सुसनलाई जन्मदिनको शुभकामना दिए ।


अनाथ बालबालिकासँग आफ्नो जन्मदिन मनाएपछि सुसनले भने, ‘यसपटक मैले जन्मदिन एभेरेष्ट फाउण्डेशनका बालबालिकाहरुसँग मनाए । आफ्नो आमा–बाबुको मुखसम्म देख्न नपाएका ती बालबालिकालाई एकदिन भए पनि मिठो–मसिनो खुवाएर जन्मदिन मनाउन पाउँदा ख्ुसी लागेको छ ।’ उनले होटल र रेष्टुरेन्टमा कक्टेल पार्टीसहित जन्मदिन मनाउनुभन्दा अनाथ बालबालिकासँग मनाउँदा आनन्द लागेको सुनाए ।
पछिल्लो समय सुसन नेपाली गीतसंगीत क्षेत्रमा निकै व्यस्त छन् । पाश्र्वगायनसँगै आधुनिक र मातृभाषा (लिम्बू भाषा) गीतसंगीतमा समेत जम्दै आएका सुसनलाई स्क्रीन नेपालको तर्फबाट जन्मिदिनको हार्दिक शुभकामना ।

Comments