‘तीज म्युजिक अवार्ड’लाई गीत आह्वान
screennepal
प्रकाशित: २०७५, ३ श्रावण बिहीबार
no img

काठमाडौं । छायाँछवि क्रियशनद्वारा आयोजित ‘पाँचौ तीज म्युजिक अवार्ड’का लागि आवेदन खुला गरिएको छ । नेपाली नारीको महान चाड तीजका अवसरमा आयोजना हुने अवार्डमा सहभागी हुन चाहने कलाकारका लागि आवेदन आह्वान गरिएको हो ।
सांस्कृतिक तथा धार्मिक आस्था बोकेको तीज पछिल्लो केही वर्षयता ‘सांगीतिक पर्व’का रुपमा समेत फस्टाएको छ । सोही अवस्थालाई मध्येनजर गर्दै पाँच वर्षयता छायाँछविले तीज म्युजिक अवार्ड गर्दै आएको हो ।
गायक÷गायिकाले तीजलाई लक्षित गर्दै प्रतिस्र्धात्मक गीत निकाल्ने क्रम बढ्दो छ । ती गायक÷गायिकालाई सम्मान तथा प्रोत्साहन गर्ने हेतुले ‘तीज म्युजिक अवार्ड’ सुरु भएको आयोजकले जनाएको छ ।
छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । उनका अनुसार कार्यक्रम आगामी २५ भदौमा राजधानीमा हुनेछ ।

Comments