‘मिस टुरिजम–२०१८’ हुँदै
screennepal
प्रकाशित: २०७५, २ श्रावण बुधबार
no img

‘मिस टुरिजम–२०१८’ हुने भएको छ । प्वाइन्ट मिडिया प्रालिले आगामी २ भदौमा आयोजना गर्न लागेको प्रतियोगिताका लागि बुधबारबाट देशभर आवेदन खुल्ला गरिएको छ । प्वाइन्ट मिडियाले बुधवार पत्रकार सम्मेलन गरि ‘मिस टुरिजम’ का लागि आवेदन खुल्ला गरिएको जनाएको हो ।
प्वाइन्ट मिडियाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिस टुरिजम’ आयोजना गर्न लागेको जनाएको छ । कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीलाई नयाँ अवसरको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन एवं आन्तरिक पर्यटकहरुको वृद्धि, पर्यटन क्षेत्रमा नयाँ अवसरहरु सिर्जना गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने आयोजकले जनाएको छ ।
‘मिस टुरिजम’ लागि १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाले आगामी साउन १२ गतेसम्म आवेदन दिन पाउने आयोजकले जनाएको छ । ‘मिस टुरिजम–२०१८’ को शीर्ष विजेतालाई नगद ५० हजार, फस्ट रनर अपलाई ३० हजार र सेकेण्ड रनरअपलाई नगद २० हजार प्रदान गरिने जनाइएको छ । साथै, विभिन्न संस्था र कम्पनीका ब्राण्ड एम्बेसडर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरहरु प्रदान गरिने प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक काफ्लेले वताए ।

Comments