हलिउड फिल्ममा प्रियंकाको मस्ती डान्स (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, १ श्रावण मंगलवार
no img

बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो नयाँ प्रोजेक्ट ‘भारत’लाई थाँती राखेर न्युयोर्क गएकी छन् । हलिउड फिल्मको सुटिङका लागि उनी त्यहाँ गएको बताइएको छ ।


प्रियंका बलिउड फिल्म ‘भारत’का लागि अनुबन्धित छिन् । तर, ‘भारत’भन्दा पहिले उनी हलिउड फिल्ममा व्यस्त हुने भएकी छन् । भनिन्छ, प्रियंकाले हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’मा अभिनय गर्दैछिन् । जसमा प्रियंका हलिउड स्टार लियाम हेम्सवर्थका साथ देखिने भएकी छन् ।


उक्त फिल्मको हाल अन्तिम शेड्युल न्यूयोर्कमा हुँदैछ । उक्त दौरानमा एक गीतको सुटिङ गरिएको छ । उक्त गीतको सुटिङमा प्रियंकाले पिंक डे«स लगाइएकी छन् । ती न्युयोर्कको सुटिङका तस्बिरहरु प्रियंकाले सोशल मिडियामार्फत सार्वजनिक गरेकी छन् । जसमा प्रियंका न्यूयोर्कको सडकमा डान्स गर्दै गरेको देखिन्छ ।
प्रियंका करिब दुई हलिउड फिल्ममा व्यस्त थिइन् । उक्त दौरानमा टिभी शो ‘क्वान्टिको’का अलावा दुई हलिउड फिल्ममा काम गर्न भ्याइन् । जसमा ‘बेवोच’ र ‘अ किड लाइक जेक’ हुन् ।


हलिउडमै व्यस्त हुन थालेपछि प्रियंकाले बलिउडलाई सेकेन्ड दर्जामा राख्न थालेकी छन् । उनी सन् २०१६ मा रिलिज भएको ‘जय गंगाजल’पछि बलिउड फिल्ममा देखिएकी छैनन् । करिब दुई वर्षपछि उनी ‘भारत’मा काम गर्न लागेकी हुन् । जसको चाँडै सुटिङ सुरु हुँदैछ ।

Comments