युनिताले जितिन् ‘मिस वल्र्ड डाइभर्सिटी’ उपाधि
screennepal
प्रकाशित: २०७५, ३२ असार सोमबार
no img

यूएई । दुवईको वर्गस्थित अरेबिया पार्क होटेलमा आयोजना भएको ‘मिस वल्र्ड डाइभर्सिटी–२०१८’को ताज नेपालकी युनिता खत्रीले जितेकी छन् । प्रतियोगितामा युनिताले शीर्ष उपाधिसहित बेस्ट डान्ससमेत जितेकी छन् । यो ‘मिस वल्र्ड डाइभर्सिटी’को दोस्रो संस्करण हो ।
युनिता यसअघि ‘मिस ई–कलेज– २०१६’ मा सेकेन्ड रनरअप भएकी थिइन् । ‘मिस राजधानी’मा ‘मिस वल्र्ड’ शीर्षकअन्तर्गत उपाधि जितेपछि उनले ‘मिस वल्र्ड डाइभर्सिटी’मा सहभागीको अवसर पाएकी हुन् । प्रतियोगितामा सहभागी हुनुअघि उनले भनेकी थिइन्, ‘देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने यो महत्वपुर्ण अवसर पनि हो ।’ संस्कृति, प्रतिभा र ¥यामवाक समेत गरि विभिन्न प्रतियोगीले प्रतियोगीतामा आफ्ना प्रतिभा प्रदर्शन गरेपछि उनी विजयी भएकी हुन् ।।

Comments