कपडा व्यापारीको ‘फेसन शो’ यस्ता देखिए मोडलहरु (फोटोफिचर)
screennepal
प्रकाशित: २०७५, ३२ असार सोमबार
no img

फेसनप्रति हिजोआज सबैको चासो बढ्दै गएको छ । यससँगै फेसन शोहरु पनि धमाधम हुन थालका छन् । फेसन शो कपडा तथा पहिरन उत्पादकका लागि प्रचारको राम्रो ‘प्लेटफर्म’ हो ।


यस्तै, नेपाल कपडा तथा सिलाई व्यवसायी संघले पनि पहिलोपटक ‘फेशन शो’ गरेको छ । राजधानीमा शनिबार आयोजित ‘एनसिएमटीए फेशन शो २०१८’ मा दर्जनबढी मोडलहरु विभिन्न परिवेश र संस्कृति झल्काउने भेषभुषामा ¥याम्पमा हिँडेका थिए ।
पाँच सिक्वेन्समा मोडलहरुलाई स¥याम्पमा उतारिएको थियो । उनीहरुले लगाएको पहिरन तथा डिजाइनको काम कपडा तथा सिलाई व्यवसाय संघसँग आवद्ध सिलाई व्यवसायीहरुले गरेका थिए । नेपाली कल्चर, विवाह, अफिसियल वेयर, पार्टिज वेयर र नेपाली ढाकामा मोडलहरुले विभिन्न क्षेत्र र तप्काका विशिष्ट व्याक्तित्वहरुको उपस्थिती सहितको कार्यक्रममा आफुलाई प्रस्तुत गरे ।

राग रागिनी इन्टरटेन्मेन्टको सहकार्य र रशलाइट मिडियाको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा रमिता भण्डारीले कोरियोग्राफी गरेकी थिइन् ।
इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा आयोजित कार्यक्रममा फेसन शोसँगै ‘ठमेल बजार गायिका’ मिना निरौला, गायक कपिल कस्पाल श्रेष्ठलगायतले गायन प्रस्तुति दिएका थिए । कार्यक्रममा बज्र डान्स मण्डलाले परम्परागत चारिया नृत्य प्रस्तुत गर्दा सरस्वति एण्ड ग्रुपको तर्फबाट वेस्टर्न नृत्य प्रस्तुत गरिएको थियो ।


देशभर छरिएर रहेका कपडा तथा सिलाइ व्यवसायीहरुको ऐकेबद्धता रहेको कार्यक्रमले नेपाल कपडा तथा सिलाई व्यवसायी संघ पनि यो प्रकारको कार्यक्रम गर्न सक्षम रहेको सन्देश सहित राष्ट्रिय कल्चर प्रवर्धनमा कार्यक्रम कोशेढुंगा साबित भएको संघ अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।

शोमा मोडलहरुको लागी ‘लेडिज वेयर डिजाइन’ प्रगती लेडिज टेलर्स, स्वाँपू बुटिक, सिया बुटिक, टिपटप बुटिक, सज्जा लेडिज टेलर्स, जय प्रकृति सिलाई प्रशिक्षण केन्द्र र शान्ति लेडिज टेलर्स एण्ड प्रशिक्षण केन्द्रको तर्फबाट गरिएको थियो भने जेन्सतर्फ सियारामस सुटिङ, श्रेष्ठ टेलरिङ, ह्यारी कलेक्सन, मेरो टेलर्स, ओम शान्ति टेलर्स, सुटमाण्डु प्राली, जेबी टेलर्स, मोनालिसा टेलर्स, रेमण्ड सप, संगम सुटिङ, चिनर सुटिङ र कुमार सर्टिङले सहकार्य गरेका थिए ।

Comments